आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ । राससको समाचार सेवालाई अझ बढी चुस्तदुरूस्त, व्यवस्थित, प्रभावकारी, गुणस्तरीय, परिणाममुखी र जवाफदेही बनाउन व्यवस्थापनले विभागीय जिम्मेवारी हेरफेर गरेकोे हो ।
मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ ।
यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभययो ।
चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रसुवा जिल्लाबाट ५ सय ५७ जना विद्यार्थी सहभागी हुने भएका छन्।
काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
पोखरामा बिहीबारबाट खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । २१ औं संस्करणको प्रतियोगिता पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुरुवात गर्नुभयो ।
प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले विहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १७ औं नगर परिषदबाट पारित भएका निर्णय र संशोधित योजनाहरू सार्वजनिक नगर्दा स्थानीयस्तरमा अन्योल छाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएको छ।
सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा डढेलो रोकथाम र न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ ।
महोत्तरी क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय बर्दीबासले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन योगदान गरेको भन्दै १८ जनालाई सम्मान गरेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।
सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ ।
बाजुराका दुर्गमवासीले गाउँमै निःशुल्क उपचार पाउँदा निकै खुसी भएका छन् । हिमाली गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टर मार्फत यहाँका दुर्गम गाउँ बस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।