• ५ चैत २०८२, बिहिबार

गाउँमै उपचार पाउँदा स्थानीय खुसी

blog

गाउँमै स्वास्थ्य सेवा लिँदै बिरामी । तस्बिर सौजन्य : राजबहादुर भण्डारी

शेरबहादुर सार्की

बाजुरा, चैत ५ गते । बाजुराका दुर्गमवासीले गाउँमै निःशुल्क उपचार पाउँदा निकै खुसी भएका छन् । हिमाली गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टर मार्फत यहाँका दुर्गम गाउँ बस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 

आर्थिक अवस्था कम्जोरका कारण उपचार गर्न नपाएकाहरूका बिरामीहरूले यति बेला गाउँमै सञ्चालन गरेको शिविरमा निःशुल्क उपचार गर्न पाएपछि उनीहरूको मुहारमा खुसी छाएको हो। 

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी राजबहादुर भण्डारीले, एकदमै विकटमा रहेका १,२ र ३ वडालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।”

उहाँले भन्नुभयो, “यस शिविरमा अहिले तीन समय भन्दाबढीले उपचार गरेका छन् । यसमा १४८ जनाको दम, मुटुरोग, मृगौला परिक्षण, सुगर जाँच लगायत नसर्ने रोगको स्कृनिङ गरिएको छ । त्यस्तै गरि ६२ जनाको पाठेघरको क्यान्सर हुनसक्ने जाँच गरिएको साथै इम्लान्ट आइयुसिडी लगायत परिवार नियोजन साधनहरू सहितको पाठेघर खसेकाको उपचार सेवा र १४ जनालाई प्रयोगशाला क्षयरोग परिक्षण सेवा दिएको छ ।”

त्यसैगरी हिमाली गाउँपालिका-५, कुवाडीका २६६ जनाले नसर्ने रोग ३८ जना महिलाले स्क्रीनिङ तथा पाठेघरको क्यान्सर परिक्षण र ४८ जनाले निःशुल्क ल्याब सेवा लिएका छन् । भौगोलिक विकटताका कारण रोग पालेर बसेका तथा आर्थिक अवस्था कमजाेर भएर सुविधा सम्पन्न ठाउँमा पुग्न नसकेकाहरूलाई यो शिविरले निकै सहज गरेको भण्डारीले बताउनुभयो ।  

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले हिमाली गाउँपालिका अहिले जिल्लाकै एक दुर्गम पालिकाको रूपमा चिनिने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले यहाँका स्थानीय स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि प्रत्येक वर्षमा यसरी नै गाउँमा बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौं ।” जसका कारण कमजाेर आर्थिक अवस्थामा रोग पालेर घरमै बसेकाहरूले समेत यो शिविरले निःशुल्क रूपमा घरमै उपचार गरी उनीहरूको स्वास्स्थ्यमा सुधार आएको मल्लले बताउनुभयो ।