• ५ चैत २०८२, बिहिबार

गोली हानेर श्रीमतीको हत्या

blog

अविनाश चौधरी

धनगढी, चैत ५ गते । भरुवा बन्दुकले गोली हानेर कैलालीमा एक पुरुषले आफ्नो श्रीमतीको हत्या गरेका छन् । 

गोदावरी नगरपालिका–४, अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले गोली हानेर २८ वर्षीया श्रीमती सङ्गीताको हत्या गरेका हुन । श्रीमतीको हत्या गरेर उहाँले आफैँलाई पनि गोली हानेका छन् । गोली लागेर गम्भीर घाइते रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घरबाट टाढा रहेको जङ्गलमा बाख्रा चराउन गएको बेला श्रीमान् श्रीमतीबिच विवाद भएपछि भरुवा बन्दुकले गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।