नवलपुरमा सञ्चालन भइरहेको जापनिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियान अन्तर्गत हालसम्म ८८ हजार २६५ जना (५८.८४ प्रतिशत) ले खोप लगाएका छन् ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।
लमजुङमा डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १० बेला र खैरा गाउँका १७० परिवारलाई बुधबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गरिएको छ ।
बर्सेनी डढेलोले वन जङ्गलमा ठुलो क्षति हुँदै अँएको हुँदा यस पटक क्षति रोक्नका लागि बाँके जिल्लामा डढेलो नियन्त्रण गर्न ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।
आगलागीबाट गुल्मीको चन्द्रकोट गाउँपालिकाव –५ धुवाखर्कका ४५ बर्षिय श्रीकृष्ण शर्माको गोठ जलेर नष्ट भएको छ । दुई तले कच्ची गोठमा अचानक आगलागी हुँदा एउटा पाडो र एउटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०विरुद्ध खोप दिने तयारी भएको छ ।
लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ । ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो ।
बर्दियामा बाल यौन दुराचारको आरोप लागेका शिक्षक यामप्रसाद शर्मा कालीकोट जिल्लाबाट पक्राउ पर्नुभएको छ । उहाँ आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर असर पारिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ ।
कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।