• ५ चैत २०८२, बिहिबार

बालयौन दुराचारको आरोपमा शिक्षक पक्राउ

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), चैत ५ गते । बर्दियामा बाल यौन दुराचारको आरोप लागेका शिक्षक  यामप्रसाद शर्मा कालीकोट जिल्लाबाट पक्राउ पर्नुभएको छ । उहाँ आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।  

शिक्षकले एक १५ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडित बालिकाले आरोप छ ।  पीडित बालिका र परिवारले  शिक्षकले यौन दुराचार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढोढरीमा फागुन २७ गते जाहेरी दरखस्त दिएका थिए ।  जाहेरीमा पीडित बालिकालाई घटनाको अघिपछि पनि पटक पटक फोन मार्फत अश्लिल कुरा गर्ने गरेको र गलत आशयले कुरा गर्ने गरेको उल्लेख गरेका छन् । 

आरोपित शिक्षकलाई कालीकोटबाट अड्डासार गरी बर्दिया ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताउनुभयो । गए राति मात्र उहाँलाई बर्दिया ल्याएको बताउँदै आज अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी राख्ने बताउनुभयो । 

बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार बालयौन दुराचार मुद्दामा दोसी ठहरिए तीनदेखि चार वर्षसम्म कैद र ७५ देखि ८० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।