शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, चैत ५ गते । रघुगङ्गा गाउँपालिका–६, रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।
आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध गराएको २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।
रायखोरको खेल मैदान ढलान गरेर पक्की बनाउन २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि १४ लाख ३९ हजार सहयोग गरिएको थियो । रासस