प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ ।
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क चिटिक्क र आकर्षक देखिएको छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी तनहुँको घिरिङमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।
देशभर ग्यासको अभाव गरिएका समाचारहरू बाहिर आउन थालेपछी जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।
घोडेजात्राको अवसरमा काठमाडौँ टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।
खोटाङमा भएको हेलिकाेप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकप्टमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।
खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–१ का एक १३ वर्षीया किशोरी आफन्तबाटै बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेपछि एक जना पक्राउ परेका छन् ।