• ४ चैत २०८२, बुधबार

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच शिष्टाचार भेट

blog

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच बालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएपछि प्रम कार्की र अध्यक्ष दाहाल । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।रासस