• ४ चैत २०८२, बुधबार

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ४ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । 

चुनावपछिको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । 

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।