शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, चैत ४ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
दिल्लीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–०० ख ७४६३ नम्बरको बसले बा.प्र.०३–०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसेको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–१३, हर्कपुरका ५८ वर्षीय कृष्ण कडेलको भरतपुरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
प्रहरीले बसका चालक मोरङ बेलवारी नगरपालिका–२ का ३६ वर्षीय विकास पोख्रेल र बसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।