हालै सम्पन्न निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट लक्ष्मीप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित हुने उहाँ एक्लो उम्मेदवार हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीलाई पराजित गरी निर्वाचित हुनुभएको हो । पोखरेलले २०७० सालको संविधान सभा सदस्यमा पनि निर्वाचित भएर सङ्घीय संसद्को अनुभव हासिल गरिसक्नुभएको छ । २०७९ को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।
कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारीको विवरण माग गरेको छ । पालिकामा अभाव भएका कर्मचारी पदपूर्ति गर्नका लागि विवरण माग गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । गत फागुन २७ गते ७९ वटै पालिकाबाट विवरण मागका लागि परिपत्र गरिएको स्थानीय सेवा कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दीपेन्द्रकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “चैत ८ सम्म सबै पालिकालाई विवरण पठाउन परिपत्र गरिएको छ । अहिलेसम्म केही पालिकाले मात्र विवरण पठाएका छन् ।”
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया यतिबेला मतदाता भेट्न घरदैलोमा निस्कनुभएको छ । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासा सुन्न उहाँ बस्ती बस्तीमा पुग्नुभएको हो ।
सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो ।
गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क ज्वरोको लक्षण देखिएको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोमल ज्ञवाली निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशभरिमा प्रत्यक्षमा निर्वाचित हुने उहाँ एक मात्र महिला हुनुहुन्छ । कर्णाली, पथरैया, काँडा, मोहना नदीले घेरिएको यो निर्वाचन क्षेत्रका बासिन्दाले बर्सेनि बाढी, डुबान र कटानको समस्यासँगै जुझिरहनु परेको छ । ज्ञवाली भन्नुहुन्छ, “फागुनमा मतदाताको घरदैलोमा जाँदा पनि बाढीको त्रास देखेँ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना पूरा हुँदै गर्दा पनि अझै बाढीको त्रासमा बस्नु परेको छ । बाढीको त्रासलाई अन्त्य गर्नु छ ।”
मुलुक युवामय शक्तिशाली एकल बहुमतको नयाँ सरकारको प्रतीक्षामा छ । बिनाअवरोध निर्धारित समयमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै अब नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुँदै छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित भएको घोषणा गरेसँगै निर्वाचन तथा मतपरिणामसमेतको प्रक्रिया पूरा भएको छ । आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्न तयारी गर्दै छ । प्रत्यक्ष निर्वाचनतर्फका १६५ निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । प्र
आर्थिक सामाजिक रूपान्तरण नेपाली समाजको लामो समयदेखिको अभीष्ट हो । नेपालीको यो सपना पूरा नभएको मात्र होइन, सपना नै धकेलिँदै गएको छ । २०४६ सालको जनआन्दोलनपछि निर्वाचित सरकारले संरचनात्मक परिवर्तनका साथ पहिलो पुस्ताको आर्थिक सुधार कार्यव्रmम अगाडि बढायो, उदारीकरणको नीति अवलम्बन ग¥यो । उपलब्धिका सङ्केत मात्र के देखाएको थि
हरेक वर्ष चैत्र कृष्ण औँसीमा घोडेजात्रा मनाइन्छ । यसपालि ४ घडी २३ पला उप्रान्त आज बुधबार परेको छ । यस दिनलाई अश्वकला प्रदर्शन, घोडादौड प्रतियोगिताका रूपमा लिइन्छ । नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा मनाउने यो एक किसिमको राष्ट्रिय उत्सव नै हो । राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत धेरैको उपस्थितिमा हुने यो जात्रा हेर्न टाढा टाढाबाट समेत दर्शकको ठुलै उपस्थिति हुने गरेको छ ।
१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी)
सुशासनका प्रमुख तत्व १. सुशासनका प्रमुख तत्व उल्लेख गरी मानव अधिकारको संरक्षण र संवर्धनमा सुशासनको महत्वबारे चर्चा गर्नुहोस् । सेवा प्रवाह, विपत् व्यवस्थापन, स्रोतसाधन परिचालनलगायत विविध सार्वजनिक मामिलाहरूको व्यवस्थापन जनमुखी, पारदर्शी, जवाफदेही, सहभागितामूलक एवं विधिसम्मत ढङ्गले सम्पन्न गरी नागरिकलाई शासनको सुखद अनुभूति गराउनुलाई सुशासन भनिन्छ । यो नागरिक हित केन्द्रित भई राज्यको स्रोतसाधन र अधिकारको प्रभावकारी ढङ्गले अभ्यास गर्ने शासकीय पद्धति पनि हो । मानवीय
ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम्पको अनुगमन गरेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
विशेष स्वास्थ्य सर्तकता अपनाएर दादुरा प्रभावित क्षेत्र ढोरपाटन नगरक्षेत्रका विद्यालयमा पठनपाठन सुरु भएको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो ।