ललितपुर महानगरपालिका-२५ नक्खु खाेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनुभएको छ ।
धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताउनुभएको छ ।
एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गर्नुभएको हो ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ७०० ले घटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गुणबहादुर रोकासुलीकोट, वैशाख १७ गते । गोरखाको सिरानचोक गाउँपालिका – २ तारे पहरा अन्तर्गत पर्ने चित्रे पोखरी – भच्चेक सडक अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाले सडक ढलान गर्न भन्दै चित्रे पोखरी – भच्चेक हुँदै सिरान डाँडासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार कार्यकाल गोरखा मार्फत ५० लाख रुपियाँ लागतमा १९५ घन मिटर सडक ढलान, २७ घन मिटर ग्याबिन जाली र नाली मर्मत गर्नुपर्ने भएकाले गोरखाको ऐतिहासिक तथा पर्यटकीय स्थल अजिरकोटको भच्चेक सडकमा सवारी आबगमनमा पुर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । गर्मी बढेसँगै सडक बाटो भएर भच्चेक पुग्ने आन्तरिक पर्यटकहरू अत्यधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको सिरानचोक गाउँपालिकाले जनाएको छ । अहिले गोरखा सदरमुकाम देखि अन्य जिल्लाबाट भच्चेक हुँदै सिरान डाँडा जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिनपछि कालोपत्रे सडकबाट भएर सिरानचोकको केराबारी, नयाँ बजार थालाजुङ हुँदै प्रसिद्ध पर्यटकीय स्थल भच्चेकसम्म आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ । गाउँपालिकाले भच्चेक जाने सडक ढलान हुने भएपछि उक्त सडक खण्डमा सवारी आवतजावतमा पुर्ण रुपमा रोक लगाई सवारी प्रयोगकर्ताहरूले वैकल्पिक मार्गको रूपमा चित्रे पोखरीबाट माथिल्लो पाम –राम्चे – चिलाउने हुँदै भच्चेक सडक बाटो प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधाप्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।
चरिकोट, वैशाख १७ गते । दोलखालाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । महोत्सवमा क्लाइम्बिङ प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित सोक्ला भ्यालीमा आयोजना हुने यो तेस्रो संस्करणको महोत्सव रहेको पर्यटन विकास समाजले जनाएको छ । नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरु गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५-२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको छ । यस वर्ष रक रुट सय मिटरको उचाइमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ । पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्बिङ हाइकिङ गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ । ‘भीमेश्वरको सोक्ला भ्याली सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय साहसिक गन्तव्य हो,’ अध्यक्ष पाख्रिनले भन्नुभयो,‘तर, स्थानीय तहले यस विषयमा अध्ययन अनुसन्धान र सम्भावनाको विषयमा खोजी गर्न सकेको छैन ।’ सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुति रहनेछ । सोक्लाश्वरी पर्यटन विकास समाजले विगत पाँच वर्षदेखि सोक्ला रक क्लाइम्बिङ प्रवर्धनमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ । रक क्लाइम्बिङ महोत्सवमा तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
एक दशक बित्दासमेत बुटवलको मुख्य सडक स्तरोन्नतिको काम सकिएको छैन ।
म्याग्दी, वैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी वृद्धा कुटानी पिसानीको परम्परागत घरेलु उपकरण जाँतोमा मकै पिसेर पिठो बनाउँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जाका बासिन्दाले कुटानी पिसानीका लागि जाँतो, ढिकी र घट्टको प्रयोग गर्छन् । तस्बिरः रासस