नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
थारू समुदायको पराम्परागतदेखि मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाइएको छ ।
नेपालयको ’आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यस पटक गायक फत्तेमानको सम्झना गरिँदै छ । पलेँटीमा गायक फत्तेमानसँग लामो सङ्गत गरेका सङ्गीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध–वाचन गर्नुहुने भएको छ ।
चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । कर्णाली प्रदेशका साबिक कर्णालीका जिल्लामा स्याउको उत्पादन, बजारीकरणलाई बढाई स्याउबाटै समृद्धि हासिल गर्ने उद्देश्यले प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममै प्रदेश सरकारले बोर्ड गठन गर्ने जनाएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका ४४ वर्षीय सेरामनुर्पु घले बर्सौंदेखि चौँरीपालन गर्दै आउनुभएको छ । हिमालको पहिचान झल्किने चौँरी घलेका लागि जीवनयापनको माध्यम मात्र बनेको छैन, व्यवसाय नै बन्न पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भार पर्ने गरी बढाइएको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि कार्यान्वयन आएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गत चैत ८ गते त्यस्तो मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । उक्त निर्णय नै आजदेखि कार्यान्वयन भएको जनाइएको छ ।
नेपाली अर्थोडक्स चियाका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको अर्गानिक प्रमाणीकरणमा लाग्ने वार्षिक शुल्क चिया उत्पादकका ठुलो समस्या बन्न थालेको छ । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाका लागि अनिवार्य रहेको अर्गानिक प्रमाणीकरणको प्रक्रिया त्यसै पनि झन्झटिलो रहेको गुनासो छ ।
जेनजी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबिच त्रिपक्षीय सम्झौता भएको छ । गोल्यान ग्रुपले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको जनाएको छ ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।
नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ । बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसहित गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । भैरहवामै आयोजित कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्नेलगायतका विभिन्न माग राखेको हो ।
रासायनिक मलको अभावमा नै जसोतसो धानबाली लगाएर उठाएका किसानलाई गहुँ छर्ने बेला उस्तै दुःख छ । धान काट्ने सिजन सकिएपछि बर्दियाका किसान गहुँ छर्न व्यस्त छन् तर गहुँका लागि आवश्यक युरिया, डिएपी र पोटास जस्ता रासायनिक मल नहुँदा खिन्न पनि छन् । धान र गहुँ दुवैका लागि उर्वर बर्दिया जिल्लामा किसानले बर्सेनि गहुँ रोपाइँअघि मल छर्ने अभ्यास गर्दै आएका छन् तर केही वर्षयता