आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरस्थित दुर्गा तीर्थमा चैत ५ गते बिहीबारदेखि एकमहिने कुम्भ स्नान मेला सञ्चालन गरिने भएको छ । रोसीखोला (लीलावती) सुनकोशीको सङ्गम स्थलमा कुशेश्वर महादेव मन्दिर र दुर्गा तीर्थ रहेको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१, दुम्जामा सञ्चालन गरिने कुम्भ मेलामा करिब एक लाखले स्नान गर्ने अपेक्षा आयोजकको छ ।
बागलुङ नगरपालिकाले हिंसा पीडितलाई प्रावभकारीरुपमा सेवा प्रदान गरिरहेको छ ।बागलुङ नगरपालिकाको हिंसा प्रभावितहरुको सेवा केन्द्रान दोस्रो चौमासिक अवधिमा जम्मा २६ पीडितहरुले सेवा पाएका छन् ।
काठमाडौँ उपत्यकामा बुधबार परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्ष चैत कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।
झापाको भद्रपुर नगरपालिकामा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष चेकजाँच अभियानको क्रममा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपाली बजारमा मूल्य वृद्धिको नकारात्मक असर देखा पर्न थालेको छ । पश्चिम एसियामा चर्किएको युद्ध र रुस–युक्रेन तनावको बाछिटा नेपाली उपभोक्ताको भान्सादेखि निर्माण क्षेत्रसम्म पर्न थालेको हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्समा अनुगमन गरी ठुलो परिमाणमा प्रशोधित दुधको कारोबार गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादन गर्ने प्रशोधित दुधमा तोकेको गुणस्तर मापदण्ड नभएको पाइएपछि कारोबारमा रोक लगाएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
तीस वर्ष प्रहरी सेवामा बिताएका छवि चौधरी अहिले आफ्नै गाउँमा शान्तिनगर थारु सांस्कृतिक होमस्टे सञ्चालन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।
रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको छ । व्यापारीले बढी नाफा कमाउने नाममा स्टक भएको ग्याससमेत लुकाएको तथ्य बाहिरिएको छ । इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता सङ्घ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा संयुक्त अनुगमनमा १५ वटा डिलरबाट लुकाएर राखिएका पाँच सयभन्दा बढी ग्यास सिलिन्डर फेला परेको जानकारी इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले दिनुभयो ।
पेसाले सिभिल इन्जिनियर जगदीश खरेलमा उच्च शिक्षा अध्ययन गर्नेताका नै देश निर्माण गर्ने हुटहुटी थियो । अध्ययनका क्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विद्यार्थीको हक अधि
जबरजस्ती करणी मुद्दामा फरार रहेका एक कसुरदारलाई जिल्ला प्रहरी कार्यालय पक्राउ गरेको छ । प्रहरीले विरुवा गाउँपालिका –८ का गन सिँह थापाका छोरा चन्द्र सिँह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामजी यादवले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश यादवलाई १४ हजार १४१ भन्दा बढी मत
नहुँको पर्यटकीय क्षेत्र बन्दीपुर बजारमा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै बृहत् संयुक्त बजार अनुगमन गरिएको छ ।
देशभरि नयाँ दलले पुराना दललाई विस्थापित गरिरहँदा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला तेह्रथुममा भने फरक रुझान देखियो । नेकपा (एमाले) केन्द्रीय सचिव भानुभक्त ढ
अमेरिका–इजरायल र इरान युद्धको असर नेपालको वैदेशिक रोजगारीमा जाने श्रमिकमा देखा पर्न थालेको छ । युद्धको असरले नेपालका प्रमुख १२ श्रम गन्तव्य देशमा जाने श्रमिक घटेका छन् ।