प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनमा न्यायालय चुक्न नहुने बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ ।
पोखरा महानगरको वडा ८, जाल्पारोडमा रहेको एक खाजाघरबाट कास्की प्रहरीले चार महिलालाई उद्धार गरिएको छ ।
ताप्लेजुङमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले इनिसा विक घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा हत्या घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
स्याङ्जाको वालिङमा वित्तीय सचेतनाका लागि प्रभातफेरि गरिएको छ । बैंकर्स क्लब वालिङको आयोजनामा “ग्लोबल मनी वीक” अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसलाहरू कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार दिलबहादुर कार्कीको ईंटाको पर्खाल भएको दुई कोठे घर, धनबहादुर कार्की तथा यज्ञबहादुर कटुवालका घरमा क्षति पुगेको हो । ती घरमा करिब ५ लाख रुपियाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ ।
हावाहुरीका कारण चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका किसानले लगाएको मकै बालीमा क्षति भएको स्थानीय कृषकले जनाएका छन् ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामले तीव्रता पाएको छ । थप गरिएको समयावधिभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काभ्रेपलाञ्चोक र भक्तपुर दुवै खण्डमा निर्माण कार्यलाई गति दिइएको हो ।
हावाहुरीले खोटाङको सामुदायिक रेडियो हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिदा प्रसारण बन्द भएको छ । चैत २ गते साँझ चलेको हावाहुरीले रेडियोको टावर भाँचिएको हो ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका न्यून आय भएकालाई लक्षित गरी लागत प्रभावकारी खर्चमा आवास निर्माण गर्न ऋण सहयोग उपलब्ध गराइने भएको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।