शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशब राज भट्ट
वाशुलिङ बैतडी, चैत ४ गते ।भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ ।
पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
मङ्गलबार पाटन बजारबाट घर फर्किएका कोली घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेका थिए ।सोही क्रममा बुधबार बिहान उहाँको शव भीटा भीरको तल सुर्नया नदी किनारमा फेला परेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
भीटा भीरको तल शव फेला परेकाले लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।