रवीन्द्र उप्रेती
बर्दीबास चैत ३ गते । महोत्तरीमा सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार धनुषाको ढल्केबरबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०७३८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मप्र०२–००८ प ९४६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बर्दिबास नगरपालिका–१४ निवासी ४१ वर्षीय अशोक साह गम्भीर घाइते हुनु भएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई तत्काल बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिनुभयो ।
फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको बर्दीबास प्रहरीले जनाएको छ।