नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।
सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।
काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षे त्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिवासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा आज शुक्रबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ ।
साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।
सुनको औठीं र आइफोनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३ स्थायी घर भएका भुपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपाखर गाउँपालिका–८ स्थायी घर भएका भिमबहादुर तामाङ रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताउनुभएको छ । एमाले हार्दा देशले हार्ने उहाँको जिकिर छ । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
बीपी विचार विचार संग्रह केन्द्रको अस्ट्रेलिया शाखा गठन गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।
नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।
एक करोड आठ लाखबढी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ ।