दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।
उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले सङ्घीय संसद्मा मतदान भएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् ।
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
काठमाडौं, साउन २१ गते । फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । फिल्मको ट्रेलरमा पूजा, आकाश र सुनम तोप्देन देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनको पहिलो डेब्यु फिल्म हो । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको छ । फिल्म एबी इन्टरनेसनलको ब्यानरमा निर्माण गरिएको हो । महेश दवाडीले लेख्नुभएको पटकथामा आधारित फिल्ममा शर्मा, श्रेष्ठ र तोप्देनबाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।
म बालक–मन हेरिरहेछु समयको पाइलाहरू ! आँधीको इजारे– भ्रम अड्किएको घडीको मोटो सुईमा चट्टान बनेका आँसुका थोपाहरू थुपार्दै !
अचानक हावाको झोक्काले ल्याइदिएको फूलका वास्ना जस्तै यादहरू गडेर आउँछ स्मृतिमा– प्रिय अतीत ।
आज माया हराएको छ आफ्नै मान्छेको विश्वासमा पनि विश्वास टुटेपछि ऊ ईष्र्यालु बनेको छ । हो ऊ फूलको रस मात्र चुस्ने भमराजस्तो ईष्र्यालु फगत कोपिला घाइते बनाउन
लाग्छ जीवन वृत्ताकारमय छ । सूक्ष्म बिन्दु वृत्त हो । बिन्दु थोप्लो । थोप्लो नि सूक्ष्म बिन्दु । बिन्दु अमूर्त थोप्लो । वृत्ताकार लिन नसके, नपाएको थोप्लो–वृत्त । वृत्त बन्न बीचमा रित्तो घेरो हुनुपर्छ । लोक कथन यो । चलनचल्तीका भनाइ । लोकवार्ता । लोकवार्ता सरल देखिन्छ । सरलता नितान्त तरल हुन्छ । तरल पदार्थ चलायमान हुन्छ । चलायमान तरल पदार्थ जम्ने चेष्टा राख्दैन । जमे वा जमाइए दुषित हुन्छ । सबैलाई थाहा भएकै विषय–वस्तु यो ।
कतिपय व्यक्तिको जीवनका कर्म र भोगाइ सार्वजनिक सम्पत्ति बन्न सक्छ । आफ्नो कर्म र भोगाइ लेख्ने परम्पराले व्यापकता पाइरहेको परिवेशमा नयाँ कृति भर्खरै प्रकाशित भएको छ– निष्ठाको यात्रा । नेपाली सहकारी क्षेत्रका शिखर अभियन्ता, राजनीतिकर्मी दीपकप्रकाश बास्कोटाले लेख्नुभएको यो कृति केवल उहाँको निजी जीवन र भोगाइ मात्र होइन, रहेन । यो कृतिले नेपालको प्रजातान्त्रिक आन्दोलनका सङ्घर्षशील आयाम बुझ्न सघाउँछ । नेपालमा मौजुदा सहकारी क्षेत्रका विकास विस्तारको आधार र विगतका जटिलता झल्काउँछ । आध्यात्मिक चेत, चिन्तन र अभ्यासको नवीन आयामले पाठकलाई रोमाञ्चित गराउँछ ।
हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।
मेरा ठुल्दाजु डा. तारानाथ शर्मा हामी सात जना दाजुभाइ र चार जना दिदीबहिनीमध्ये सबैभन्दा धेरै अध्ययनशील र साहित्य लेखन कार्यमा सदैव लगनशील रहने व्यक्ति हुनुहुन्थ्यो । हाम्रा बा प्रजापति उपाध्याय कामविशेष परी भारतको कलकत्ता (कोलकाता) जाँदा आफूले अङ्ग्रेजी भाषा पढ्न नपाएको र अङ्ग्रेजी भाषा बुझ्न नसक्ने कारणले एक पटक त्यहाँ अपमानित हुनुपर्दा उहाँले आफ्ना छोराछोरीलाई चाहिँ अङ्ग्रेजी भाषा पनि पढ्न लगाउँछु भनी सङ्कल्प गरेको हुँदा हामी सबैले अङ्ग्रेजी भाषासमेत पढाउने विद्यालयमा शिक्षा हासिल गर्ने मौका पायौँ ।
केही वर्षअघिसम्म नेपालमा मिथिला कलाको अत्तोपत्तो थिएन । यो कला तराईका देहाती स्थानमा, गाउँघरका भित्ता र पर्खालमा बाँचेको थियो । तराईको संस्कार र संस्कृतिसँग जोडिएको मिथिला कला अहिले अन्तर्राष्ट्रिय जगत्मा उल्लेख्य कलाशैलीका रूपमा फैलिएको छ । नेपाली पौभा र मण्डलाको बजार अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिए जसरी यसको बजार पनि अन्तर्राष्ट्रिय जगत्मा दिन प्रतिदिन फैलिँदो छ ।
जिल्ला अस्पताल लमजुङका कर्मचारीहरुले अस्पतालमा कार्यरत सवै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।