• ५ साउन २०८१, शनिबार

मेलम्चीमा उर्लियो बाढी

blog

बाढी पसेको मेलम्ची, हेलम्बु क्षेत्र । तस्बिरः गोरखापत्र

सिन्धुपाल्चोक, साउन २१ गते । नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ । 

बाढीले हेलम्बु चनौटेको बेलिब्रिज, ग्याल्थुम क्षेत्र जोखिममा परेको छ । तालामाराङको तेर्से माबि उच्च जोखिममा परेको छ । हेलम्बु र मेलम्चीका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् । वर्षाले मेलम्ची नगरपालिका–२ निबु गाउँमा पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । निबुका २० घर उच्च जोखिममा परेका छन् । 


बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, बाह्बिसे, तातोपानी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जिल्लावासीलाई बाढीपहिरोबाट सुरक्षित रहन आग्रह गरिउको बताउनु भयो ।  




Author

चित्र मिजार