लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा चेल्सीले शनिबार राति एभर्टनलाई उसैको मैदानमा १-० गोलले हरायो । चेल्सीको जितमा जर्जिन्होले निर्णायक गोल गर्नुभयो ।
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले क्लेरमन्ट फुटलाई उसैको मैदानमा ५-० गोलले हरायो ।
म्याग्दी सदरमुकाम बेनीमा बर्खे नाच अन्तर्गत लाखे नाच देखाउँदै
नीलो नीलो आकाशमा बादलको रुख । त्यही रुखमा हेर साथी हात्तीजस्तो रूप ।
उनी सौम्य लाग्छन्, कम बोल्छन् र जो कसैलाई देख्दा मुसुक्क हाँस्छन्। यो उनको स्कुलिङ हो। उनी अर्थात् नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ। १४ वर्षदेखि नेपाली सेनामा रहेर उनले सिकेको सबैभन्दा ठूलो शिक्षा नै अनुशासन हो र त्यही अनुशासित खेलाडीको नाताले उनी कप्तान भएका हुन्। यो पद आफैँमा चुनौतीपूर्ण हो। आफू राम्रो खेल्नु त छँदैछ सिङ्गो टिम मिलाएर अगाडि बढ्नु कम चानचुने हैन। नवयुग भन्छन्, “सबै कुरा अपर्चुनिटी हो। अखिल नेपाल फुटबल सङ्घले बनायो खुसी लाग्छ।”
दाङको देउखुरीमा भिर मौरीले टोक्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षीय खिमवहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
आस्था कुनै पत्थर होइन कतै जडी दिन्छौं कतै उखेली दिन्छौं । आस्था कुनै मूर्ति होइन कतै फोडी दिन्छौं कतै जोडी दिन्छौं ।
डा.ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’को लोकार्पण गरिएको छ। नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा उक्त पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा पुस्तकमाथि समीक्षकद्वय डा.बेदुराम भुसाल र प्रा.डा. इन्दु आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। प्रा.डा.आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसाबले सारै उपयोगी र पठनयोग्य रहेको बताउनुभयो।
पुरानो डम्पिङसाइटमा अवरोध र नयाँ डम्पिङसाइटको व्यवस्थापन गर्न नसक्दा ६५ किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्दै आएको बनेपा नगरपालिकाले वडामै फोहोर व्यवस्थापनको योजना अघि सारेको छ।
पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष रूपमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ। इकोनोमिक डिस्कसन फोरमद्वारा आयोजित ‘नेपाली आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा उहाँले उदारवाद तथा खुला बजार अर्थनीतिलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको खलङ्गामा पुनस्र्थापित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको शनिबार उद्घाटन गर्नुभएको छ । मन्त्री बडूले दार्चुलामा कम्पनीको कार्यालय सञ्चालनमा आएसँगै खाद्यान्न आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुका साथै दुर्गममा उत्पादित खाद्यवस्तु बजारमा पठाउने उद्देश्यअनुसार कम्पनीको कार्यालय स्थापना गरिएको बताउनुभयो ।
अर्जुन चौपारी–१ को केवरे र आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ। सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरेखोलामा यसअघि नै पुल निर्माण भइसकेको छ। तर, नागडाँडा–आँधीखोला हुँदै पर्वत जाने बाटोमा पर्ने सेतीखोलामा भने आठ वर्षपछि पुल बनेको हो। पुल निर्माण ठेक्का सम्झौता भएको छ महिनामै दुवैतर्फको खोला किनारमा पुलको फाउन्डेसन बनाइएको थियो।
जिल्लाको तीन गाउँपालिका पुथाउत्तरगङ्गा,भूमे र सिस्ने गाउँपालिकाले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु-याउन प्राथमिकता दिएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली आउनुभन्दा अघि सामान्य स्वास्थ्य परीक्षण तथा औषधिका लागि स्थानीयवासीलाई घण्टौँ हिँड्नुपरेको थियो। त्यो समस्यालाई मध्यजनर गरी स्थानीय सरकारले विभिन्न ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिदिएपछि सामान्य बिरामीका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको हो।