• ८ वैशाख २०८१, शनिबार

डा.सापकोटाको पुस्तक लोकार्पण

blog

काठमाडौँ, साउन २२ गते । डा.ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’को लोकार्पण गरिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा उक्त पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा पुस्तकमाथि समीक्षकद्वय डा.बेदुराम भुसाल र प्रा.डा. इन्दु आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।

प्रा.डा.आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसाबले सारै उपयोगी र पठनयोग्य रहेको बताउनुभयो। यसैगरी डा. भुसालले एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्त्वपूर्ण रहेको बताउनुभयो। लेखक डा. सापकोटाले आफूले पुस्तकमा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिँदै दस्तावेज संलग्न गर्दा परेको कठिनाइबारे बताउनुभयो।