• २० असार २०८१, बिहिबार

‘अर्थतन्त्रमा नीतिगत सुधार गर्नुपर्छ’

blog

फाइल तस्बिर

काठमाडौँ, साउन २२ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष रूपमा नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ। इकोनोमिक डिस्कसन फोरमद्वारा आयोजित ‘नेपाली आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ शीर्षकको अनतरक्रिया कार्यक्रममा उहाँले उदारवाद तथा खुला बजार अर्थनीतिलाई अझ परिस्कृत गर्नुपर्ने बताउनुभयो। 

उहाँले सीमित स्रोतसाधन र छोटो समयमा आर्थिक रूपान्तरण गरी महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री र नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले व्यवस्था परिवर्तन भएपछि जनजीविकाका सवाललाई सम्बोधन गर्ने गरी आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँहरूले आर्थिक रूपान्तरणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउनुपर्ने बताउनुभयो। 

यसैबीच कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकासहित उपत्यकाको फोहोर सङ्कलन र व्यवस्थापनमा जुट्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। नेपाल शिक्षक सङ्घ महानगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले काठमाडौँ महानगरमा निर्वाचित वडाध्यक्षको बहुमत रहेकाले फोहोर व्यवस्थापनमा अगुवाइ गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “बोर्ड बैठकबाट आवश्यक निर्णय गरेर फोहोरमैलाको समस्या समाधान गर्न लाग्नुपर्छ, जनताको मन जित्ने गरी कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।”