• २० असार २०८१, बिहिबार

बनेपाको आफ्नै फोहोर व्यवस्थापन

blog

काठमाडौँ, साउन २२ गते ।  पुरानो डम्पिङसाइटमा अवरोध र नयाँ डम्पिङसाइटको व्यवस्थापन गर्न नसक्दा ६५ किलोमिटर टाढा फोहोर व्यवस्थापन गर्दै आएको बनेपा नगरपालिकाले वडामै फोहोर व्यवस्थापनको योजना अघि सारेको छ । 

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले वडाको फोहोर वडामै व्यवस्थापन गर्ने योजनाअनुसार बनेपा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि फोहोरदानी र कम्पोस्ट मल बनाउने कीट वितरण तथा कौसी खेती प्रवद्र्धन कार्यक्रम अघि सार्ने बताउनुभयो । 

आफूहरूले बाध्यताले बनेपाबाट नुवाकोटको सिसडोल र बन्चरेडाँडासम्म फोहोर लैजानुपरेको बताउँदै उहाँले डम्पिङसाइटको व्यवस्थापन हुन नसक्दासम्म भान्साबाट आउने फोहोरको मल बनाउन र कागज तथा प्लास्टिक खरिद गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो। “नगरपालिकाका १४ वटै वडालाई आफैँले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिन लागेका छौँ,” उहाँले भन्नुभयो। फोहोर व्यवस्थापनको समस्या बढी भएको वडा नम्बर ७ र ८ का लागि कौसी खेती प्रवद्र्धन कार्यक्रम अघि बढाइने भएको छ। नगर प्रमुख शाक्यले फोहोर बन्चरेडाँडा र सिसडोल लैजानुपर्ने बाध्यतालाई आगामी छ महिनाभित्र अन्त्य गर्नेगरी काम अगाडि बढाइएको दाबी गर्नुभयो।