चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणमा जाने मिति तय भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमणवाट एक जना महिलाको मृत्यु भएको छ । निकुञ्जसँगै रहेको दक्षिणकाली मध्यवर्ती वरण्डाभार क्षेत्रमा घाँस काट्न जानु भएकी भरतपुर महानगरपालिका ६ देवनगरका माया विकको हात्तीको आक्रमणवाट मृत्यु भएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । अर्थ समितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा पूर्व अर्थमन्त्री पाण्डेले सो कुरा बताउनुभयो ।
नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरिनु संविधान विपरित हुने बताउनुभएको छ । शुक्रबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले सो कुरा बताउनुभयो ।
झापाको मेचीनगर नगरपालिका–७ को स्थानीय खोलामा एक शिशुको शव फेला परेको छ । स्थानीय पालिया खोलामा नवजात शिशुको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु भएको छ ।
अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा दुइ घर पुर्दा दुईजना घाइते भएका छन् ।
बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक वर्खा सुरु भएसँगै अवरुद्ध भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुन अनुसारनै भएको बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
पाँचदलीय सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (के.भि.) का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
अबिरल बर्षाले सिन्धुपाल्चोकका राजमार्ग र ग्रामीण सडक भासिएपछि यातायात ठप्प भएको छ । अरनिको राजमार्गको महभीर खण्ड, कोठे खण्ड भासिएर सवारीसाधान आउजाउमा समस्या आएको छ ।