काठमाडौँको आकाश सफा थियो। घनश्याम बरन्डामा काठको मेचमा बसेर खुलेको आकाश हेरिरहेको थियो। बिहानको नित्यकर्मपछि ऊ घर पछाडि गएर केही बेर अल्मलिएर आएको थियो। टोल सुनसान थियो। अलिपरको एउटा रूखमा चराहरू भुर्र भुर्र उड्दै बस्दै गरिरहेका थिए। राधिका स्टिलको थालमा दुई कप चिया लिएर टुप्लुक्क उसको सामु झुल्किँदा घनश्याम झन्डै झस्कियो तर सम्हालियो। सँगैको अर्को मेचमा बस्दै राधिकाले चियाको थाल स्टुलमा राखी।
भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेका नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो।
भगवानपुर गाउँपालिकामा –१ मा रहेको प्राथमिक स्वास्थ्यसेवा केन्द्र एचएको भरमा चलिरहेको छ । आठ महिनादेखि चिकित्सक नहुँदा विरामीहरुले उपचार पाउन सकेका छैनन् भने विरामीको चापलाई सामान्य उपचार दिन समेत नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिएको छ। सन् २०२२ को योग दिवसको नारा : मानवताका लागि योग। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा यस दिनलाई योग दिवसका रूपमा मान्यता प्रदान गरेको हो। सन् २०१५ जुन २१ मा भारतमा एकै ठाउँमा ३६ हजार व्यक्तिलाई योग गराएर गिनिज बुकमा रेकर्ड बनाइएको थियो।
‘मिस्टर टर्नर’ शीर्षकीय ‘बायोपिक’ (उन्नाइसौँ शताब्दीका सुविख्यात ब्रिटिस चित्रकार जे.एम.डब्लु. टर्नरको जीवनीमा आधारित सिनेमा) दोहो¥याई तेह¥याई हेरियो । सन् २०१४ मा रिलिज भएको यो फिल्म वास्तवमा नै कलात्मक र उत्कृष्ट रहेछ ! टर्नरको भूमिका निर्वाह गरेका टिमोथी स्पालको अभिनयलाई त मान्नै पर्छ ! समीक्षकहरूबाट निकै रुचाइएको यस फिल्मका लेखक एवम् निर्देशक हुन्– माइक लेइघ ।
जिल्लाको पश्चिम भेगालाई जोड्ने बेनी दरवाङ सडक अन्तर्गत मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुल भत्किने जोखिम बढेको छ । दुखुखोलामा आएको बाढीका कारण पुलको वारीपारी निर्माण गरिएका संरचना कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो ।
फोकस फेसनले राजधानीमा ‘द फ्लिक मोडल्स सेसन–१’ नामक मोडलिङ प्रतियोगिता आयोजना गरिने भएको छ । आगामी शनिबार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमुख विजेताका साथमा फस्ट र सेकेन्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिने शर्माले जानकारी दिनुभयो ।
नेपालको पुँजी बजारको आकार बढ्दै जाँदा यसलाई अझै वास्तविकतामा आधारित बनाउन बाँकी रहेको सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तक्र्रियामा सहभागीले पुँजी बजार नेपाली अर्थतन्त्र र विश्वव्यापी अभ्यासअनुरूप अझै वास्तविक हुन नसकेको औँल्याएका हुन् ।
सुर्खेत र अछाममा निर्माण हुने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भई प्रभावित क्षेत्रमा रायसुझाव लिने काम भइरहेको छ भने मुआब्जा वितरणको काम सकिने लागेको छ । आयोजनाको पूर्वाधार निर्माणभन्दा अगाडिको प्रारम्भिक आधारभूत संरचना निर्माणको काम पनि भइरहेको छ ।
देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री थालेको बताउनुभयो ।
गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएको छ । महोत्तरी जिल्लाको प्रादेशिक अस्पताल जलेश्वरमा भेन्टिलेटरसहितको आईसीयू बेड पाँचवटा र बर्दिबास अस्पतालमा तीनवटा गरी आठवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएको हो ।
धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन। पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ तर उहाँहरू कामबिना दिनभर कार्यालयमा बस्नुहुन्छ।
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।