• ८ वैशाख २०८१, शनिबार

हेल्थ असिष्टेन्टको भरमा स्वास्थ्य केन्द्र

blog

भगवानपुर प्राथमिक सेवा केन्द्र । तस्बिरः जीबछ यादव

लहान, साउन २० गते । भगवानपुर गाउँपालिकामा –१ मा रहेको प्राथमिक स्वास्थ्यसेवा केन्द्र एचएको भरमा चलिरहेको छ । आठ महिनादेखि चिकित्सक नहुँदा विरामीहरुले उपचार पाउन सकेका छैनन् भने बिरामीको चापलाई सामान्य उपचार दिन समेत नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ । 

लहानदेखि १३ किलोमिटर दक्षिणमा रहेको भगवानपुर स्वास्थ्यसेवा केन्द्रमा भवन, उपकरण र ल्याब समेत रहेपनि एमबिबिएस चिकित्सक २०७८ पुस महिनादेखि नहुँदा दिनहुँ एक सयदेखि डेढसयसम्म आउने बिरामीहरुलाई उपचार गर्न समस्या भइरहेको केन्द्रका निमित्त प्रमुख एचए राजेश यादवले बताउनुभयो । २०७९ साउन १ गतेदेखि नव निर्वाचित गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले केन्द्रमा आकस्मिक कक्ष सञ्चालन कार्यक्रम उद्घाट्न गरेपछि चिकित्सकको  आवश्यकता  झन् खडकिएको उहाँले जानकारी दिनुभयो । 

शक्तिको आडमा दरबन्दीको डाक्टर काजमा विराटनगर  

१५ शैयासम्म चल्ने उदेश्यको साथ सञ्चालनमा ल्याएको स्वास्थ्य केन्द्रमा हाल पाँच शैया चलिरहेको छ । एमबिबिएस डाक्टर अरुण साहको स्थायी दरबन्दी रहेपनि पुसदेखि काज सरुवा विराटनगर स्थित कोसी अस्पतालमा गराएपछि यस्तो समस्या देखिएको प्रमुख यादवले भन्दै विरामीको चाप अनुसार तत्कालै ११ जना जनशक्ति आवश्यक रहेको बताउनुभयो । 

Author

जीबछ यादव