• ८ वैशाख २०८१, शनिबार

दुखुखोलाको पुल जोखिम

blog

म्याग्दी, साउन २० गते । जिल्लाको पश्चिम भेगालाई जोड्ने बेनी दरवाङ सडक अन्तर्गत मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुल भत्किने जोखिम बढेको छ । दुखुखोलामा आएको बाढीका कारण पुलको वारिपारि निर्माण गरिएका संरचना कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो । 

बाढीले पुलको दुवैतर्फको पिल्लर संरक्षणका लागि निर्माण गरिएको ग्याविन पर्खाल भत्काएको छ । तिव्र बहाव रहेको ठाडो खोलाले  पुलको पिल्लर तर्फको जमिन कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । 

पुलको मालिका गाउँपालिका तर्फको पिल्लर संरक्षणका लागि लगाइएको ग्यावियन पर्खाल भत्काएको छ । भने सडक कटान गर्न थालेको छ ।  खोलामा बाढी नरोकिने हो भने पुल भत्किने उच्च जोखिममा परेको छ पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो ‘पुलको अवस्थाका वारेमा कार्यालयले अनुगमन गरेको छ । 

पुलको अवस्था र  मर्मतका लागि आवश्यक पर्ने बजेटका वारेमा  मन्त्रालयमा जानकारीका लागि पत्र पठाएका छौं ।’ पुलमा सवारी साधन आवतजावत गर्न जोखिम भएकाले हाल बन्द गरिएको उहाँले बताउनुभयो । पुलमा आवतजावत बन्द हुँदा मालिका र धवलागिरि गाउँपालिका जाने सवारीसाधन वारीपारी रोकिएका छन् ।

खोलामा पानीको सतह बढेको र तत्काल काम गर्न समस्या हुने उहाँले बताउनुभयो । तर कार्यालयले पुललाई भत्किनबाट जोगाउने उपायाको खोजी गरेको उहाँको भनाई छ । खोलाको शिरमा ठूलो पहिरो गएको र आगामी दिनमा अझै खोला बढेर आउने भएकाले पुल उच्च जोखिममा परेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पुलको दुवै तर्फको भाग खोलाले खोलेको छ । खोला गहिरिएर बग्न थालेको छ । पुल बनाउँदा खोला माथिबाट बग्ने गरेको र विस्तारै गहिरिदै जाँदा पुल जोखिममा परेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । 

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका,पूर्वाधार विकास कार्यालका प्रमुख अधिकारी लगायतको टोलीले पुलको अवस्थाका वारेमा विहिवार स्थलगत अनुगमन गरेको थियो । पुलको तत्काल मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयहरुले माग गरेका छन् । 

Author

ठाकुरप्रसाद आचार्य