५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु राई नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ ।
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ ।
भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् ।
क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको तयारीका लागि ६० खेलाडी प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि देशभरबाट सात सय खेलाडीको सहभागिता रहेको थियो ।
सप्तकोसी बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढी पीडितका लागि राहत पठाएको हो ।
चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारी र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट भएको छ । भेटमा काकडभिट्टा–लौकही–कोशी व्यारेज सडक खण्डलाई चार लाईनको बनाउन अध्यक्षले प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ ।
‘सम्झनामा रुस’ एउटा सामूहिक नियात्रा लेखकहरूको उल्लेखनीय र उदाहरणीय नियात्रा सङ्ग्रहका रूपमा आएको छ । यसमा सात स्रष्टाका संस्मरणात्मक नियात्रा सङ्ग्रहित समीक्ष्य पुस्तकको अर्को विशेषता के छ भने यसको पूर्वपीठिका रुसी भाषामा लेखिएकाले यसको सारसङ्क्षेप चाहिँ रुसी पाठकहरूले पनि सजिलोसित बुझ्न सक्छन् । यो उनीहरूका लागि सम्प्रेषणीय पनि हुन सक्छ । यो सन्दर्भका लागि पनि धेरै उपयोगी हुन सक्छ । यसबाहेक अङ्ग्रेजी भाषामा पनि यो पूर्वपीठिका भएकाले अङ्ग्रेजी भाषाका पाठकहरूले सन्दर्भको साथसाथै सम्झनाका लािग पनि उपयोगी हुन सक्छ ।
उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।
लिङ्गमा बाङ्गोपना देखिएको र यसबाट आफू चिन्तित भएको कुरा लिएर थुप्रै व्यक्ति यौन चिकित्सक कहाँ धाउँछन्। लिङ्गको फेदैदेखि लिङ्ग दायाँबायाँ वा मुनितिर ढल्किनु स्वभाविक कुरा हो। उत्तेजित वा कडा नभएको अवस्थामा आफ्नै बोझ थाम्न नसकेर लिङ्ग तलतिर लत्रिन्छ। व्यक्ति सीधा उभिएको अवस्थामा उत्तेजित लिङ्गमा सामान्यतया बाङ्गोपना हुँदैन। तर सुतेको बेला दायाँ वा बायाँ ढल्किन सक्छ।
बुटवलमा एक हजार मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सकिएको छ । बुटवल– ८ रामनगरमा करिब ८ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो ।