शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे आयोजित ३ दिने गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अङ्कल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मङ्गलबारदेखि सामान्य करेक्शन आएको हो ।
नेपालमा २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो ।
स्थानीय तहमा खाना तथा विविध खर्चको नाममा राज्यकोष दोहन भइरहेको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदनमा स्थानीय तहको खाना र विविधतर्फको खर्च मनोमानी चलिरहेको पुष्टि हुन्छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ ।
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाको सडकमा ठूलाठूला खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको छ।
दार्चुलामा दुईवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
पछिल्लो समयमा चर्खा घुमाउने पेसा सबै ठाउँमा लोप हुँदै जान थालेको छ । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो रुपमा रहेको छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन ।
सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ। दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना पलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ। यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रेखीराम राना पाल्पा, साउन १८ गते। बुटवलबाट पाल्पातर्फ ल्याउदै गरेको अवैध सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बुटवलबाट आएको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडीलाई तानसेनको बसपार्कमा चेकजाँच गर्ने क्रममा राजश्व छली गरेर ल्याएको सामग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले बिल बिना ल्याएका घरमा प्रयोग हुने सामान बोक्ने सवारी चालक रौतहट जिल्ला डमरिया नगरपालिका-९ का २७ वर्षीय भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार रौतहट दुर्गा भगवती गाउँपालिका-५ का १९ वर्षीय रुपेश साहलाई पक्राउ गरेको हो । उनीबाट साना-ठूला सादा कराई ८० वटा, फेन्सी साना-ठूला कराई ७७ वटा, कसौडी साना-ठूला १५२ वटा र कुकर साना-ठूला गरेर जम्मा एक सय २९ वटा बरामद गरेको छ।उक्त सामान करिब एक लाख ९७ हजार एक सय रकम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।