• ४ जेठ २०८१, शुक्रबार

सप्तरीमा ८० प्रतिशत रोपाइँ सम्पन्न

blog

लामो समयको अन्तरालमा पानी परेपछि खेतमा धान रोपाइँ गरिदै किसान । तस्बिर : माला कर्ण

माला कर्ण

कल्याणपुर, साउन १८ गते । सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 

यहाँका किसानले आकासे पानीको भर र अन्य वैकल्पिक सिंचाईबाट खेती गर्दैआएको ज्ञान केन्द्र सप्तरीले जनाएको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले पर्याप्त वर्षा नहुँदा शतप्रतिशत धान रोपाई हुन नसकेको बताउनुभयो । सिंचाईको पहुँच पुगेका क्षेत्र र मनसुन भएको समयमा रोपाइँ हुँदा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।  

सप्तरीमा कूल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कूल क्षेत्रफल जग्गामा बर्षेधान र ३ सय हेक्टर जग्गामा चैते धान खेती हुँदैआएको छ । लामो समय खडेरी परेपछि राजनीतिक दलले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत प्याकेज ल्याउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।