राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेट गर्नुभएको छ ।
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
झापाको गौरादह ९ को कमल खोलामा नुहाउन जाँदा बगाएर मङ्गलवार दिउँसो बेपत्ता हुनु भएका एक किशोरको शव बुधवार विहान फेला परेको छ । कमल गाँउपालिका वडा नं.१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा उज्ज्वल खरेललाई खोलाले बगाउदा बेपत्ता भएपछि प्रहरी र स्थानीयले रातभर खोजी कार्य गरेको थिए ।
पवन आलोक नेपाली साहित्यका स्थापित सर्जक हुन् । कथा, कविता र निबन्धका उनका उम्दा रचनाहरूले धेरै पाठकको मन जितेको छ । पछिल्लो समय उनको नयाँ कृति ‘पहाड र लमतन्न समुद्र’मा नेपालका पहाडी जीवन र पश्चिमी देशका समाजलाई चित्रण गरिएका निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा लेखिएका १५ वटा नियात्रा छन् ।
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
अहिले विश्वमा दुईवटा ठूला पूर्वाधार विकास परियोजना चर्चामा छन्ः चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एन्ड रोड इनीसीएटीभ्स (बीआरआई) र अमेरिकाका राष्ट्रपति जोए बाइडेनको बिल्ड ब्याक बेटर वल्र्ड (बी३डब्लू) परियोजना। यी दुवैले एक अर्कालाई चुनौती दिँदैछन्।
सप्तकोशीको पानी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका प्राकृतिक विपत्ति परेको छ । वर्षात सुरु भएदेखि उदयपुरतर्फ कटान भइरहेकोमा गएरातीदेखि शप्तकोशीको पानी पसेपछि बेलकामा विपत्ती परेको हो । मुख्यगरी पालिकाको वडा नं. २, ३ र ९ मा असर परेको छ ।
उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
निर्जीवन बीमा क्षेत्रकै अग्रणी राष्ट्रिय बीमा कम्पनी लिमिटेड बुधबारदेखि आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको ५५ वर्षअगाडि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै आएकोमा २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुट्टै सञ्चालन गर्दै आएको छ । प्रस्तुत छ, विगत चार महिनादेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनुभएका ज्ञानेन्द्रराज ओझासँग गोरखापत्रका लागि भेषराज बेल्बासेले नेपालको बीमा व्यवसाय, कम्पनीको बीमा यात्रा, मुलुकको बीमा व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरेको कुराकानी :
सप्तकोशी नदीको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ । बेलका नगरपालिकाको २, ३ र ९ नम्बर वडाको बस्ती क्षेत्रमा पानी पसेको हो ।
गत आर्थिक वर्षमा लक्ष्यको आधा पनि खर्च गर्न नसकेको नेपाल नागारिक उड्डयन प्राधिकरणले चालू अािर्थक वर्षमा ६० अर्ब लागतमा नयाँ टर्मिनल भवन बनाउने भएको छ । प्राधिकरणले दुई अन्तर्राष्ट्रिय विमानस्थलसहित छवटा आन्तरिकतर्फका विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउन लागेको हो । चालू आर्थिक वर्षमा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आधुनिक टर्मिनल भवनसहित आन्तरिकतर्फ विराटनगर, भरतपुर, नेपालगञ्ज, महेन्द्रनगर, जुम्ला र रामेछाप विमानस्थलको टर्मिनल भवनलाई स्तरोन्नति गर्ने प्राधिकरणको तयारी छ ।
गुणस्तरीय शिक्षा प्रदान गरी २१ औँ शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले काठमाडौँको बागबजारमा स्थापना भएको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी)ले शैक्षिक विशिष्टताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। स्थापनाको २२ वर्षमा विद्यार्थी र अभिभावक माझ सर्वाधिक लोकप्रिय, विश्वसनीय र प्रसिद्ध बनेको यस विद्यालयका विद्यार्थीले सर्वाेत्कृष्ट नतिजा ल्याएर सबैको मन जित्न सफल बनेको छ।