• १५ असोज २०८१, मङ्गलबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एसियाली देशको भ्रमणमा जानुहुँदै

blog

संयुक्त राष्टसङ्घ, साउन १८ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो ।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुनेछ । जापानमा उहाँ हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुनेछ । त्यस, अवसरमा उहाँले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।

जापानमा रहँदा उहाँले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ । जापानपछि उहाँ मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुनेछ । रासस/सिन्ह्वा