• १८ असार २०८१, मङ्गलबार

सप्तकोशी तटबन्धन फुटेर बस्तीमा पस्यो पानी

blog

सचिन पोखरेल 

इटहरी, साउन १८ गते । सप्तकोशी नदीको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ  । बेलका नगरपालिकाको २, ३ र ९ नम्बर वडाको बस्ती क्षेत्रमा पानी पसेको हो ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीले धेरै क्षति गर्ने देखिन्छ ।  हजारौं बिघा जग्गा त जान्छ नै ३० हजार बढी जनसंख्या बिस्तापित हुने अबस्था रहृको छ । बस्तीमा पानी पसेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।