• १५ चैत २०८०, बिहिबार

लोकप्रिय केएमसी

blog

गुणस्तरीय शिक्षा प्रदान गरी २१ औँ शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले काठमाडौँको बागबजारमा स्थापना भएको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी)ले शैक्षिक विशिष्टताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। स्थापनाको २२ वर्षमा विद्यार्थी र अभिभावक माझ सर्वाधिक लोकप्रिय, विश्वसनीय र प्रसिद्ध बनेको यस विद्यालयका विद्यार्थीले सर्वाेत्कृष्ट नतिजा ल्याएर सबैको मन जित्न सफल बनेको छ।

कक्षा १२ को समाप्तिपछि उच्च शिक्षा अध्ययनका लागि सञ्चालन हुने विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा यस विद्यालयका विद्यार्थीले प्राप्त गरेको सफलताले विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणको निरन्तरता मात्र नभएर नवीन प्राप्ति र सम्भावनाको शिर अझै उँचो बनाउँदै आएको छ। चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि, वनविज्ञान लगायत विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्ने यस विद्यालयका विद्यार्थीको सङ्ख्याले नेपालको उत्कृष्ट विद्यालयका रुपमा उभ्याएको छ।

केएमसीमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी विषयमा समयको माग तथा विद्यार्थीको रोजाइअनुसार पठनपाठन हुँदै आएको छ। यस विद्यालयबाट बर्सेनि चार हजारभन्दा बढी विद्यार्थीले शिक्षा आर्जन गर्दै आएका छन्। गुणस्तरीय शिक्षा, समान पहुँच र अवसरका कारण सर्वोच्च नतिजासहित दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण विद्यालयले प्रस्तुत गर्न सफल भएको छ।