• ७ वैशाख २०८१, शुक्रबार

सुनसरीमा अन्तरविद्यालय इन्डोर क्रिकेट हुने

blog

काठमाडौं, साउन १९ गते । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सिपी पौडेलले बताउनुभयो। पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।

पौडेलले प्रतियोगिता आयोजनाको मुख्य लक्ष्य सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडीहरु उत्पादन गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीहरुको छनोट पनि हो । प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ । प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समय अवधि २० गतेसम्म छ ।