इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो ।
बलिउड जोडी विपासा वसु र करण सिंह ग्रोवर आमाबावु बन्दैछन्। विपासा बसुले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेबीबम्प’को तस्बिर सार्वजनिक गर्नुभएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो ।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।
काठमाडौं, साउन ३१ गते । सुष्मा कार्की अभिनित नयाँ गीत रिलिज भएको छ । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड छन् । गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि देख्न सकिन्छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ । गीतका लेखेक दयाराम पाण्डे हुनुहुन्छ । फिल्मको निर्देशन रञ्जित रौनियारले गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभा बैठक पेश भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर सुनाउनुभएको हो ।
नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
नेकपा (एमाले)का सांसद विशाल भट्टराईले विधेयश फिर्ता गर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक अधिकार रहेको प्रष्ट पार्नुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक समेत रहनुभएको भट्टराईले नागरिकता विधेयक र अध्यादेशसँग जोडेर राष्ट्रपतिलाई विवादित बनाउन खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठक मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको हो ।
रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने मूल नारा संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८ औं विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम हर्ष उल्लासको साथमा मनाउने क्रममा प्रवास इजरायल पनि आदिवासी समुदायहरुको मौलिक भेषभुषा सहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरुको साथमा कार्यक्रम अगस्ट १२ तारीख शुक्रबारको दिनमा भव्य रुपमा सम्पन्न भएको छ ।
प्रदेश १ मा अघिल्लो बर्षभन्दा कम रोपाइँ भएको पाईएको छ । कृषि विकास निर्देशानलय प्रदेश १ ले सार्वजनिक गरेको विवरण अनुसार साउन ३० गते सोमबार सम्ममा ९६ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो आर्थिक बर्षको यो अवधिमा ९८ दशमलव ४८ प्रतिशत रोपाइँ भएको थियो ।
बाजुराको सदरमुकाम बडिमालिका नगरपालिका–९, मार्तडीमा रहेको जीर्ण कारागारमा कैदी बन्दीले कठिन जीवन बिताइरहेका छन्। ०३७ सालमा बनेको बाजुरा कारागार जीर्ण बने पनि मर्मतको पहल कतैबाट हुन सकेको छैन। बाजुरा कारागार कार्यालय बाजुराका चौकीदार रुपेस रावलले लामो समय हुँदा पनि कारागारको कहीँ कतैबाट मर्मत सम्भार नभएको बताउनुभयो।