काठमाडौं, साउन ३१ गते । भक्तपुरको मध्यपुर थिमीको बोडेमा चार दिनसम्म नचाइने प्रख्यात नीलबाराही देवी नाच जात्रा सकिएको छ । जात्राको अन्तिम दिन मंगलबार भक्तपुर पुगेर गोरखापत्र अनलाइनका लागि विकास द्वारेले कैद गर्नुभएका तस्बिर :
तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमास्थित कालीगण्डकी र त्रिशुली नदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको छ ।
काठमाडौं, साउन ३१ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदिप गिरीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई भेटेर मंगलबार साँझ प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयाेजक गाेविन्द परियारले दिनुभयाे । यसैगरी, नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार साँझ ६ बजे अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको हो। खनालका अनुसार नेता गिरीको आईसीयूमा उपचार भइराखेको छ। लामो समय भारतमा उपचारपछि स्वदेश फर्किए लगत्तै उहाँलाई मेडिसिटी अस्पतालमा राखिएको थियो। प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गिरी लामो समय भारतको मुम्बईमा घाँटीको क्यान्सरको सफल उपचारपछि स्वदेश फर्किनुभएको हो । भारतबाट स्वदेश फर्किए लगत्तै निमोनिया हुँदा उहाँ साउन ९ गते मेडिसीटी अस्पताल भर्ना हुनुभएको हो ।
निर्वाचन आयोगले कानूनबमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार ७८३ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।
काठमाडौं, साउन ३१ गते। कमल थापा नेतृत्वको राप्रपा नेपालले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पार्टीको मुख्य अवधारणा हुने निर्णय गरेको छ। राप्रपा नेपालले लोकतन्त्र, सनातन हिन्दु राष्ट्र, केन्द्र र स्थानीय गरी दुई तहको सरकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मुख्य अवधारणा रहने निर्णय गरेको छ।पार्टी अध्यक्ष थापाको नेतृत्वमा सोमबार र मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकमा देशको वर्तमान अवस्थाको समीक्षा, पार्टीको भावी कार्यदिशा एवम् आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल भएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको ‘सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण’ विषयक राजनीतिक कार्यपत्र परिमार्जनसहित पारित भएको छ। उहाँले महामन्त्री भाष्कर भ्रदा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले प्रस्तुत गरेको सचिवालय, प्रशिक्षण र संगठन सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको बताउनुभयो।आचार्यले धर्मनिरपेक्षता र धर्म परिवर्तनलाई नियन्त्रण गर्दै सुशासन र आर्थिक समृद्धि एवम् भ्रष्टाचार नियन्त्रण बेरोजगारी समस्या समाधान पार्टीको प्रमुख कार्यनीति हुने उल्लेख गर्नुभयो।राप्रपा नेपाले आगामी संघीय निर्वाचनमा देशको बलियो शक्ति बन्ने उद्देश्य अनुरुप विभिन्न निर्णय गरेको छ। कात्तिक १५ गते भित्र सबै निर्वाचन बुथमा ‘बुथ कमिटी’ गठन गर्ने, प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उममेदवारहरुको नाम जिल्ला कार्य समितिले भदौ २१ गते भित्र प्रदेश कार्य समिति र भदौ २५ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने निर्णय भएको छ। राप्रपा नेपालले असोजको पहिलो हप्ता वीरगञ्जमा ‘बृहत राष्ट्रिय भेला’, भदौको अन्तिममा ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ आयोजना गर्दैछ। यसैगरी, अध्यक्ष थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ
आकाशे पानीको भरमा खेती गर्दै आएका महोत्तरी जलेश्वर नगरपालिका किसानहरुले पर्याप्त पानी नपाएपछि नहर जीर्णोद्धार गर्न थालेका छन् ।
उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मूल आयोजक समितिले मंगलबार विभिन्न उपसमिति गठन गरेको हो ।
हरिकृष्ण ऐडीमुगु, साउन ३१ गते। स्थानीय व्यापारीले हडपेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुको जग्गा फिर्ता लिइएको छ। २०७४ मा स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको जग्गा उनीहरुले सम्झौता विपरीत जथाभावी प्रयोग गर्न थालेपछि सम्बन्धित निकायले टहरा भत्काएर जग्गा फिर्ता लिएको हो। खाद्यको आन्तरिक आम्दानीको लागि प्रति टहरा महिनाको तीन हजारका दरले भाडामा लगाएको जग्गा भाडामा लिएकै व्यापारीले जथाभावी हडपेपछि बल प्रयोग गर्नु परेको शाखा प्रमुख पुष्कर भामले जानकारी दिनुभयो।‘संस्थाको फाइदाको लागि जग्गा भाडामा दियौँ। तर, व्यापारीले सम्झौता विपरीत जग्गा हडपेर व्यक्तिगत जग्गा जस्तै प्रयोग गर्न लागे’, उहाँ भन्नुहुन्छ, ‘कार्यालयको जग्गा जोगाउन जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा टहरा हटायौँ।’ खाद्य केन्द्रीय कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाले कार्यालयले गरेको कामको प्रशंसा गर्नुभएको छ।
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता संयोजन समिति बन्ने बताउनुभएको छ।
नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका २८ प्रशिक्षकको सहभागिता रहेको थियो ।
पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२६ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आधुनिक युगमा परम्परागत अनुसन्धानले काम नचल्ने भन्दै प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा मंगलबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटनशत्रमा उहाँले सो कुरा बताउनुभयो ।