• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना

blog

कांग्रेस नेता प्रदिप गिरी

काठमाडौं, साउन ३१ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदिप गिरीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई भेटेर मंगलबार साँझ प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयाेजक गाेविन्द परियारले  दिनुभयाे । 

यसैगरी, नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार साँझ ६ बजे अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको हो। खनालका अनुसार नेता गिरीको आईसीयूमा उपचार भइराखेको छ। लामो समय भारतमा उपचारपछि स्वदेश फर्किए लगत्तै उहाँलाई मेडिसिटी अस्पतालमा राखिएको थियो। 

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका गिरी लामो समय भारतको मुम्बईमा घाँटीको क्यान्सरको सफल उपचारपछि स्वदेश फर्किनुभएको हो । भारतबाट  स्वदेश फर्किए लगत्तै निमोनिया हुँदा उहाँ साउन ९ गते मेडिसीटी अस्पताल भर्ना हुनुभएको हो ।