• १३ साउन २०८१, आइतबार

नदीले बगाउँदा रुसी नागरिक बेपत्ता

blog

अमरराज नहर्की

तनहुँ, साउन ३१ गते । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमास्थित कालीगण्डकी र त्रिशुली नदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको छ । 

रुसी नागरिक पासपोर्ट नम्बर ७५९१७६६१८ नम्बरको भएको वर्ष २९ को पिटर रुजिन सङ्गमस्थलमा मङ्गलबार दिउँसो २ बजे नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय देवघाट, तनहुँबाट प्रहरी टोली खटिई खोज तलास भइरहेको मङ्गलबार साँझसम्ममा पनि फेला पार्न नसकिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।