नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवबीच छलफल भएको छ ।
संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो ।
कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।
सोमबार एकैदिन उच्च अङ्कले बढेको नेप्से मङ्गलबार गिरावट भएको छ । आज नेप्से सूचक २४.८३ अङ्कले घटेर २०४१.०६ बिन्दुमा झरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो ।
नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा जाँदा सहज हुने बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी सङ्घीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ। मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो।
भारतमा एकै दिनमा आठ हजार ८१३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडि १४ हजार ९१७ सङ्क्रमित भएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गर्नुभएको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो ।