३१ साउन २०७९, मङ्गलबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
३१ साउन २०७९, मङ्गलबार
३ वर्ष पहिले
रुकुम पश्चिम, साउन ३१ गते । रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार बेलुका मुसीकोट नगरपालिका –२, राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
राजु लामिछाने