पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृृद्धि भएको छ । सोमवार नेप्से सूचक ५५.८८ अङ्कले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९१७ नयाँ सङ्क्रमित भएका हुन् ।
पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ ।
भारतमा सोमबार ७६ औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गर्नुभएको छ ।
सुडानमा भीषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।
दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
दुई प्रशिक्षकको झगडाले तनावपूर्ण बनेको प्रिमियर लिग अन्तर्गत चेल्सी र टोट्टनहामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको लन्डन डर्बी २-२ गोलको बराबरीमा सकिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेका केन्द्रीय सुरक्षा समितिको बैठकले मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनैतीबारे छलफल गरेको छ ।
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति रियलले अल्मेरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट दर्ता भएको थियो ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।
खोप्रालेकबाट हिमश्रृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाईदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खेप्राबाट संसारलाई नियाल्न पाइयो ।