रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश सरकारले चार वर्षको अवधिमा साढे चार सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको छ। बागमती प्रदेश सरकार गठन भएपछिको चार वर्षको अवधिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा गरी ४६८.६ किमि सडक कालोपत्रे गरेको हो। मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयहरूमार्फत गत आर्थिक वर्ष २०७८/७९ मा २५२.१ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधाभन्दा कम ११६.८ किमि मात्र सडक कालोपत्रे भएको निर्देशनालयले जनाएको छ।
उम्मेदवारको चुनावी खर्चलाई कटौती गराउने उद्देश्यले प्रचार गर्न पाउने दिन घटाउने पक्षमा निर्वाचन आयोग सहमत रहेको छ । आयोगले आइतबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “निर्वाचन खर्च कम गर्न १५ दिन मात्र प्रचार गर्न पाइने कानुनी व्यवस्था गर्न दलहरूसँग छलफल गर्ने तयारीमा छौँ ।”
सहरी क्षेत्रको सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणमार्फत गर्नेगरी सङ्घीय संसद्ले विधेयक पारित गरेको छ । अघिल्लो बैठकमा गणपूरक सङ्ख्या अभावमा रोकिएको विधेयक प्रतिनिधि सभाले आइतबार पारित गरेको हो । राष्ट्रिय सभाले विधेयक २०७६ चैत २ गते पारित गरेको थियो । प्रमाणीकरणको ३१औँ दिनबाट कार्यान्वयनमा आउने व्यवस्था विधेयकमा छ । सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त जिम्मेवारीमा सवारी व्यवस्थापनको व्यवस्थासहित विधेयक दुवै सदनबाट पारित भएको हो । राष्ट्रिय सभामा पेस भएको विधेयक सम्बद्ध समितिले करिब पुनर्लेखन नै गरेको छ । सरकारले उपत्यकाको सवारी व्यवस्थापनका लागि ल्याएको विधेयकलाई सदनले सम्पूर्ण सहरी क्षेत्रसँग जोडेर विधेयकको नामसमेत परिमार्जन गरेको छ ।
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो । आव २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।
खेतमा झुल्दै गरेको जुम्लाको चन्दननाथ नगरपालिकाका किसानले लगाएको कालीमार्सी धान
स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।
विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुवात गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले हरायो ।
सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली महान फुटबलर श्याम थापासँग फुटबल खेलबारे अन्तरक्रिया गरिएको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार थापासँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको प्रभावकारिता सम्बन्धमा नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई साउन २६ गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाउनु भएको छ ।
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।