• २५ मंसिर २०८१, मङ्गलबार

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

blog

समीक्षा बास्कोटा । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन २९ गते । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको  राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो । 

अध्यक्ष बास्कोटाले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएको थियो । उहाँ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । 

विवेकशील साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै रिक्त संयोजक पदमा भने सञ्जिव वल्लभ भट्टराईलाई चयन गरेको जानकारी दिएको छ । विवेकशील साझाले मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाच्न आयोगमा पार्टी दर्ता गर्न आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ ।