• २४ चैत २०८२, मङ्गलबार

मर्यादाक्रम हेरफेर

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

blog

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन 

काठमाडौँ, चैत २४ गते । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार दिउँसो बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषय र सरकारको कार्यसम्पादनका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

मर्यादाक्रम हेरफेर भएपश्चात् बसेको यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ। बैठकमा सरकारका सबै मन्त्रीहरूको उपस्थिति रहेको छ।