सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्त्वाकाङ्क्षी योजना ल्याउने बताउनुभएको छ। उहाँले पोडवे, कोरिडोर, केबलकार, सुरुङमार्ग र नयाँ विमानस्थल जस्ता योजना ल्याउने बताउनुभएको हो। दलित सचेतना अभियानको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्ने गरी पोडवेको परिकल्पना गरिएको बताउनुभयो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चापाकोट–१०, किसानमा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। शान्त र वातावरणीय हिसाबले राम्रो मानिएको प्राविधिक शिक्षालयमा वार्षिक रूपमा विद्यार्थी सङ्ख्यामा वृद्धि हुँदै आएको हो। सरकारले प्रत्येक पालिकामा स्थापना गर्ने नीतिअनुसार प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको स्थापनाको चौथो वर्षमा विद्यार्थी आउने क्रमले तीव्रता पाएसँगै आकर्षण देखिएको हो।
वसन्त ऋतुमा ४५८ जनाले विभिन्न आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका २७ हिमालमध्ये यो वसन्त १४ हिमालमा मात्रै सफल आरोहण भएको छ । सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ । उक्त १४ हिमालमध्ये सबैभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका छन् । त्यस्तैगरी ल्होत्सेमा ६७, मकालुमा ३८, कञ्चनजङ्घामा ३८, अमादब्लममा १८, धौलागिरिमा १७, अन्नपूर्ण पहिलोमा १५, थापा पिक (धुम्पस)मा सात, हिमलुङमा छ, फु खाङमा पाँच, खाङचुङमा दुई, सौलामा दुई, उर्कमाङमा दुई र सरीबुङमा एक जनाले सफल आरोहण गरेका हुन् ।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म जडान गरिएका १६८ वटा सीसी क्यामरा बिग्रिएको छ महिना बित्दा पनि मर्मत गर्ने चासो कहीँबाट हुन सकेको छैन । सो क्यामरा जडानपछि सो क्षेत्रको अपराध अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुग्दै आएको थियो ।
सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। विद्यालय अन्यत्र सार्न जग्गाको अभाव छ। ठेहे गाउँका स्थानीय कालीबहादुर बोहराका अनुसार विद्यालय भिरालो जमिनमा छ। जसका कारण पहिरोको उच्च जोखिममा छ। जग्गा सम्याएर विद्यालय भवन बनाइएको भए पनि तीनतिर भिरालो भूवनोटका कारण जुनै पनि बेला पहिरो जान सक्ने स्थानीयले बताएका छन्। विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले पहिरो जोखिममा रहेको विद्यालय डराइडराई पठनपाठन सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पहिरो जोखिमकै कारण विद्यार्थीले भलिबललगायत खेल खेल्न सक्ने अवस्था छैन।
राजनीतिक नेताहरूका पहुँच, सिफारिस, भनसुन तथा अनावश्यक दबाबले निम्त्याउने विषम परिस्थितिले राज्यको साधन र स्रोत नोक्सान भएका अनकौँ उदाहरण भेटिन्छन्। यही सन्दर्भमा करोडौं रुपियाँ व्यर्थ व्यय कसरी हुन्छ ? भन्ने उदाहरणका निम्ति सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता, खोरडा गाउँमा कृषि कर्ममा भएको अनियमितता ताजा उदाहरण बनेको छ। यो गाउँ आफैँमा अति दुर्गम क्षेत्र हो। बैतडी जिल्लाको सदरमुकामबाट कुल आठ घण्टा अर्थात् करिब छ घण्टाको सडक यात्रा तथा दुई घण्टा पैदल हिँडेपछि मात्र यो ठाउँमा पुगिन्छ। भौगोलिकलगायत अ
पञ्चायतकालीन बहिदारमा भर्ना भएका व्यक्ति समयक्रमसँगै नायब सुब्बासम्म बढुवा हुन्थे। शाखा अधिकृतमा नियुक्त भएका सचिव, मुख्य सचिवसम्म बढुवा भएर निवृत्त हुन्थे। नायब सुब्बा पद सदावहार सुब्बासापमा निवृत्त थियो। राजनीतिक परिवर्तनसँगै निजामती सेवामा अनेकन परिवर्तन भएका छन्। नायब सुब्बामा भर्ना भएका व्यक्तिलाई अहिले पनि सदावहार (२४ घ बमोजिम बाहेक) सुब्बाको बिँडो थाम्नुपर्ने बनाइएको छ। यसतर्फ सरकार र ट्रेड युनियनहरूको ध्यान नगएकै हो।
यही साउन ३ गते प्रतिनिधि सभाले ज्येष्ठ नागरिक ऐन सशोधन विधेयक पारित गरेको छ। राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो। अब सो विधेयक राष्ट्रिय सभामा जानेछ र प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ। राष्ट्रिय सभाले अस्वीकार गरेमा विधेयक सयुक्त सभामा पेस हुनेछ। सो विधेयक पारित भई ऐनको हैसियत प्राप्त गरेमा ज्येष्ठ नागरिकको जीवन र तिनले खर्चिएका वैँश जोश जाँगरबाट सिर्जित सम्पत्ति दुवैको सम्मान सुरक्षा हुनेछ।
केही हप्ताअघि गोरखापत्रको शनिबार अङ्कमा सीता शर्माको ‘विषादी परीक्षण सधैँको व्यथा’ शीर्षकमा लेख र कान्तिपुर दैनिकमा ‘विषादीले बिरामी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। पहिलो लेखले विषादी नियमनमा देखिएको कमजोर प्रणाली र दोस्रोले विषादीको प्रयोगको सवालमा हाम्रो गाउँघरमा देखिएका बेथिति र यसबाट उत्पन्न परिणामको विषयलाई मजैले उजागर गरेको छ। बाली–बिरुवामा रोग–कीरा नियन्त्रण गर्न व्यापक रूपले प्रयोग हुने विषादीको विषयमा प्रकाशित लेख र समाचारले राजनीतिक, आर्थिक र सामाजिक वृत्तमा थप बहस निम्त्याउन सक्नुपर्ने थियो तर देखिएन।
निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ। मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले बिनाडर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन्। त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो। नागरिकको चित्तबुझ्दो निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको कर्तव्य र दायित्व हो। निर्वाचन निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय हुन नसके नागरिकले रोजेका उम्मेदवार निर्वाचित हुन पाउँदैनन्। सही उम्मेदवार निर्वाचित हुन नपाए देश बनाउने काम ओझेलमा पर्छ। मतदाताको रोजाइका आधारमा जनप्रतिनिधि चयन गर्ने विधिसम्मत प्रक्रिया निर्वाचन हो। निर्वाचनले मतदाताको अभिमतलाई प्रतिनिधिका रूपमा रूपान्तरण गर्छ। त्यसैले जनताले रोजेको उम्मेदवार छान्ने औपचारिक विधि हो– निर्वाचन।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाइने बताउनुभएको हो।
शनिबार यहाँ निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको अंश हो, यो । बुवा सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा छोरा सिद्धार्थ मिलनले यसलाई रच्नुभएको हो । गीतमा गायक शुभराम भारी, गायिका रेखा थापालगायतले स्वर दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका कारण नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा आर्थिक वर्ष २०७७/७८ मा नेपाली नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दिने सात जना थिए। गत आर्थिक वर्ष २०७८/७९ मा ११ जनाले नागरिकता परित्याग गरेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा मात्र पाँच जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन्।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भ्रष्टाचारले सबै क्षेत्रलाई प्रभावित पार्दै गएको बताउनुभएको छ। शनिबार जनकपुरधामस्थित बार एसोसिएसनको सभा कक्षमा राखिएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले स्थानीय तह, सरकारी निकाय र न्यायालयमा समेत भ्रष्टाचारले जरो गाड्दै गएको बताउनुभयो।
राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्नुभएकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ। गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गर्नुभएको थियो तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गर्नुभएको थियो।