सारा संसार एकातिर, अर्को मेरै सुन्दर देश आफ्नो देशलाई आफैँ बनाऊँ, संसारभरकै नम्बर एक नम्बर एक ! नम्बर एक ! नम्बर एक ! ।।१।। छिमेकी आई अर्काको घर, बनाइदिएको कहाँ छ र ? काँधमा बोकी सगरमाथा, चढाइदिएको कहाँ छ र ?
कोखका घाउहरू चटक्कै भुलेर सुदूर भविष्यसम्म उज्यालो खोज्दै मनको दियो हृदयभरि बालेर हिँडिरहिछिन् आमा जिन्दगीका कन्दराहरूमा ।
सिङ्गापुरको उत्तरी मलेसियन सीमा नाका जोहरवारुबाट पर्यटक बसमा क्वालालम्पुरतर्फ फर्किंदा अधिक विकासका चमत्कारी दृश्य रातको पर्दाले क्वाप्पै निलेर अत्याचार ग-यो । कहिले समुद्री सोतो त कहिले घनाजङ्गली गर्भभित्रको हुलिया चम्किला बत्तीको उज्यालो निकाश छिचोल्दै र कालोपत्रेमा सललल बग्दै गयो हामी सवार बस । छिप्पिएको रातपछि मिर्मिरे भोर पदार्पण गर्दा क्वालालम्पुरको व्यस्त मुटु ट्रान्जिट स्टेसनको अग्रपङ्क्तिमा रोकिएको बसबाट भ¥याङभुरुङ ओर्लियौँ । अनि यात्रु सेवा व्यवस्थापनमा व्यस्त विशाल सिटी हाउसको लिफ्टतर्फ सोझियौँ । पर पर देखिने सुन्दर ग्रामीण बस्तीसँगै घनाजङ्गलको सिरसिरे बहारले फ्याँकिरहेको आरोग्य हरितकणिकाबाट लाभ लियौँ । सिधा तल देखिने विशाल तालको चमत्कारले नेपालको पर्यटकीय नगरी पोखरास्थित बेगनास ताल किनारको झल्को दिन्थ्यो ।
‘रोजा’ अर्थात् रोज्न लायक, धेरै राम्रो । साहित्यकार किशोर पहाडीको ‘रोजा कथाहरू’मा सामाजिक परिवेश प्रतिविम्बित छ । यस सङ्ग्रहका कथाहरूले नेपाली साहित्यमा भिन्न भिन्न स्वाद पस्किएर कौतूहल जगाउन सफल भएको छ । रोजा कथाहरू सन्देशमूलक पनि छन् । कहीँ कतै नलुकाइ भनुँ भने यो सङ्ग्रहभित्रका कथा निकै परिस्कृत छन् । सरल ग
– ‘म’ वादले सक्ने भए राम बनाउन सक्नुपर्छ, रावण होइन । – आँसु कसैलाई पनि प्रिय लाग्दैन । – यो धर्तीमा पुर्खाहरूको आँसु पोखिएको छ । – आँसुको बजार थापेर व्यापार गर्ने पनि छन् । – कहिलेकाहीँ यस्तो विचार उठ्छ– जिन्दगीलाई निचोरेर टन्न पिऊँ र दुःखमा प्यास मेटौँ । – मर्ने बेलामा पनि ‘नमस्ते नेपाल’ भन्दै मर्न पाऊँ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकका लागि शनिबार बिहान ९ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा समय निर्धारण गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
बहत्तर सालको भूकम्पपछि दाइ मोहन जोशी र म बुवा÷मुमाले दुःख गरेर २०१६ सालमा बनाउनुभएको उसबेलाको हिसाबले भव्य साढे तीनतले घरको निरीक्षण गर्न दोलखातिर लाग्ने तरखर गर्दै थियौँ । यही बेला पत्नी शारदाले प्वाक्क भनिन्, “बिग्रेको घर हेर्नलाई यहाँदेखि नै मनस्थिति ठीक बनाएर जानुस् ।” उनलाई मैले त्यो घर कति दुःख गरेर बनाएको हो र त्यसले कसरी हाम्रो परिवारको इज्जत धानेको थियो भनेर धेरै पटक सुनाएको थिएँ । त्यसैले त्यो घरप्रति अत्यन्त लगाव भएको मलाई कतै घरको अवस्था देखेर हृदयाघात नहोस् भनेर उनले यसरी सम्झाएकी थिइन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
नेपालको पहाडी भाषाभाषी मात्र हैन, तराईका आदिवासी थारू, धिमाल र मुसलमानको पनि शिरको शोभा बन्ने शौभाग्य टोपीलाई प्राप्त छ । टोपी धारण गर्नुको शान नै बेग्लै छ तर यस्तो सोच्नेहरू पनि छन्– टोपी धारण गर्नु भनेको अरूको दासत्व स्वीकार्नु हो । यथार्थमा मन नै कलुषित भएपछि सोच स्वच्छ कसरी बनोस् । जोसँग जे छ त्यसैका बारेमा त सोच्ने हो । यसरी सोच्नेहरूको हिजो पनि कुनै मूल्य थिएन र भोलि पनि कुनै मान रहने छैन ।
दार्चुलाको मार्मा, बैतडीको पुर्चौडी र बझाङको बुङ्गल क्षेत्रका अधिकांश मानिस दार्चुला सदरमुकाम खलङ्गा र धार्चुलालगायत भारतका सीमावर्ती बजारमा काम खोज्न जाने गर्दछन्। यसरी मजदुरी खोज्न जानेमा किशोर, युवा र ज्येष्ठ नागरिकसम्म रहने गरेका छन्। कामको खोजीमा धार्चुला पुगेका लक्ष्मण जागरीका अनुसार वर्षात्को समयमा कामै पाइँदैन। कुनै दिन दुई/तीन सयको भारी बोक्ने काम पाए पनि कुनै दिन रित्तो हात बस्नुपर्ने हुन्छ। जागरीले भन्नुभयो, “गाउँमा काम नपाएर यहाँ आयौँ। यहाँ पनि काम नपाएर त्यत्तिकै बस्नुपरेको छ।”
शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दा पनि कर्णालीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। अघिल्ला वर्षजस्तै यस वर्ष पनि विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन सकेका छैनन्। भर्ना भएर विद्यालय गए पनि यो अवधिसम्म हजारौँ विद्यार्थीका हात खाली छन्। प्रदेशभरका धेरै सामुदायिक विद्यालयले पुस्तक अभाव झेलिरहेको बताइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विद्यालयका विद्यार्थीसमेत पाठ्यपुस्तकको पर्खाइमा छन्। वीरेन्द्रनगर नगरपालिकाका सामुदायिक विद्यालयले पर्याप्त पाठ्यपुुस्तक पाएका छैनन्। प्रदेशका दुर्गम जिल्लाहरूको अवस्था उस्तै छ।
उच्च अदालतको न्यायाधीशबाट हालै बर्खास्त हुनुभएकी रेणुका शाहले पुनर्बहालीका लागि कानुनी बाटो अवलम्बन गरेसँगै थप नयाँ तथ्य देखिएका छन् । शाहले रिटमा लिनुभएका जिकिर, न्याय परिषद्मा पेस गरेको स्पष्टीकरण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले परिषद्लाई गरेको पत्राचारलगायतमा नयाँ तथ्य देखिएका छन् । शाहले कानुन व्यवसायमा निरन्तर रहेको जिकिरलाई सीटीईभीटीको पत्राचारले खण्डित गरेको छ । पहिलो पटक शाहविरुद्ध परेको रिट खारेजीमा पनि सर्वोच्चले तथ्य खोजभन्दा ‘आरोपमुक्त’को विधि खोजी गरेको फैसलामा पाइएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको ८३ औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । पूूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कोइराला १९९७ साल साउन २७ गते जन्मनुभएको हो । उहाँकै नेतृत्वमा २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएको थियो । सुशील कोइराला मेमोरियल फाउन्डेसनले एक विज्ञप्ति जारी गरी कोइराला राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तवादी नेता भएको उल्लेख गरेको छ ।
सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने उद्देश्यले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो। घरदैलोमै पुगेर ज्येष्ठजनको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाभित्रका १० वटै वडाका घरघरमा पुगेर ज्येष्ठजनको तथ्याङ्क सङ्कलन, रक्तचाप चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।
दाङको लमही नगरपालिका–५ निवासी प्रेम कालाथोकी शुक्रबार बिहानै नदीमा पुगेर अग्रजको सिको गर्दै नुहाउन थाल्नुभयो । अघिपछिका नुहाइ र शुक्रबारको नुहाउने प्रक्रिया नै फरक । “जनैपूर्णिमाको नुहाउने प्रक्रिया नै फरक हुँदो रहेछ, नुहाउँदा साबुन स्याम्पुभन्दा जौ, तिल, खरानी, दुबो, पाती, गोबर लगाउनुपर्ने मन्त्र वाचन गर्ने अग्रजले जसो गर्नुहुन्छ, त्यही गर्दै नुहाइयो,” प्रेमले भन्नुभयो । परम्परा र संस्कृति लोप हुने अवस्थामा गइरहेका बेला केही वर्षयता युवापुस्ताले पनि परस्परा, संस्कृति र अध्यात्मतर्फ चासो बढाउन थालेका छन् । पुराना पुस्ताको सिको गर्दै नयाँ पुस्ताले संस्कृति धान्न थालेकोप्रति अग्रज पनि खुसी देखिन्छन् ।