• १६ चैत २०८०, शुक्रबार

सारा संसार एकातिर (कविता)

blog

सारा संसार एकातिर, अर्को मेरै सुन्दर देश

आफ्नो देशलाई आफैँ बनाऊँ, संसारभरकै नम्बर एक 

नम्बर एक ! नम्बर एक ! नम्बर एक ! ।।१।।

छिमेकी आई अर्काको घर, बनाइदिएको कहाँ छ र ?

काँधमा बोकी सगरमाथा, चढाइदिएको कहाँ छ र ?

के छैन यो भू–स्वर्गमा, हिमाल पहाड तराई मधेश

आयो पालो देशलाई पार्ने, विश्वभरकै नम्बर एक ! ।।२।।

एउटा पुस्ताले दुःख गरे, समृद्धिको फूल फुल्छ

त्यही भूमिको गर्भबाट, उन्नतिको मूल फुट्छ ।

देश कहिल्यै हुन्न परदेश, परदेश कहिल्यै हुन्न देश

गौरव होस् नेपाली हुँदा, सबै थोकमा नम्बर एक ।।३।।

सारा संसार एकातिर, अर्को मेरै सुन्दर देश

आफ्नो देशलाई आफैँ बनाऊँ, संसारभरकै नम्बर एक 

नम्बर एक ! नम्बर एक ! नम्बर एक ! ।।४।।