• १२ वैशाख २०८१, बुधबार

शिरको शोभा

blog

नेपालको पहाडी भाषाभाषी मात्र हैन, तराईका आदिवासी थारू, धिमाल र मुसलमानको पनि शिरको शोभा बन्ने शौभाग्य टोपीलाई प्राप्त छ । टोपी धारण गर्नुको शान नै बेग्लै छ तर यस्तो सोच्नेहरू पनि छन्– टोपी धारण गर्नु भनेको अरूको दासत्व स्वीकार्नु हो । यथार्थमा मन नै कलुषित भएपछि सोच स्वच्छ कसरी बनोस् । जोसँग जे छ त्यसैका बारेमा त सोच्ने हो । यसरी सोच्नेहरूको हिजो पनि कुनै मूल्य थिएन र भोलि पनि कुनै मान रहने छैन । 

शिरको शोभा मात्र होइन, अद्भुत वस्तु हो– टोपी । यसले जाडोबाट बचाउँछ । धारण गर्नेलाई गर्मीमा राहत पु¥याउँछ तर खास समयमा धारण गरे पनि धेरैले यसको महìव भने बुझेका छैनन् । टोपीको गुण एक–एक गरी गन्ती गराए पनि, ग्रहण गर्न चाहँदैनन् । 

आफ्नो पहिचान भनेको नै आफ्नोपन हो । एक एक गरी छाड्दै जाने हो भने पक्कै हामी मौलिकताविहीन बन्न पुग्छौँ । नेपालमा विशेष गरेर नेवार र खस संस्कृतिमा टोपीको खास आफ्नै सांस्कृतिक महìव छ । मेरो मन टोपीप्रति आरम्भमा नै प्रशंसाले भरिएको छ तर पनि मनमा प्रश्न उठ्ने गर्दछ । प्राचीनकालदेखि आजसम्म शिरको शोभा टोपीको यात्रा अनवरत् छ । यो सत्य हो– समय, भूगोल, मौसमअनुसार यसमा परिवर्तन भने आएकै छ । हिजोआज पश्चिमा प्रभावका कारण यसको प्रचलन कम हुँदै जाँदै छ । 

आफ्नो पहिचान भनेको नै आफ्नोपन हो । एक एक गरी छाड्दै जाने हो भने पक्कै हामी मौलिकताविहीन बन्न पुग्छौँ । नेपालमा विशेष गरेर नेवार र खस संस्कृतिमा टोपीको खास आफ्नै सांस्कृतिक महत्व छ ।  

पहिले टाउको मुडुलो राख्नुलाई हेयका रूपमा हेरिन्थ्यो । सामाजिक मान्यता र परम्परा राख्ने मानिस टोपी लगाउने गर्दथे । भादगाउँले र पाल्पालीमा मात्र होइन बरु देशका विभिन्न ठाउँ र जातिहरूका टोपीको बनावटमा केही सामान्य फरक पक्कै छ तर शिरको शोभाका रूपमा भने यसको मूल आत्मा सर्वत्र समान छ । सबभन्दा पहिले टोपीको सुरुवात कहिले र कहाँ भयो ? यस सम्बन्धमा कुनै ठोस प्रमाण त पाइएको छैन । हिमालदेखि तराईसम्मका यसो भनौँ संसारका जुनसुकै ठाउँ र समयका मानिस शिरमा जे धारण गरेर रमाउँछन्, यथार्थमा त्यो टोपी नै हो । नेपाल उपत्यकामा विशेष प्रचलनमा रहेको भादगाउँले घरबुना कालो टोपीको इतिहास खोज्दै जाँदा हामी गोरखासम्म पुग्छौँ । गोरखाली राजाबाट उपहारमा आएको यो कालो टोपी भादगाउँका मल्ल राजा र जनताले यति मन पराए आज यो भादगाउँले टोपीको नामले प्रख्यात हुन गएको छ ।

घरबुना भनेको नै लोकले आफ्नो श्रम आफ्नै लागि लगाउने गरेको लोकउत्पादन भन्ने बुझिन्छ । लोकले आफ्ना लागि बहुउपयोगी हुने किसिमले वस्तु निर्माण गर्दछ । हेर्दा राम्रो नदेखिए पनि टिकाउ भने हुन्छ । मन त विस्मय–विमुग्ध हुने गर्छ लोकको उत्पादन देखेर । लोकले लोक्ताबाट बनाउने वस्त्रको महìव आज लोक (संसार)ले बुझ्दैछ । हो, आजको बजारीकरणले लोक्ता मासिने डर भने छ, यसतर्फ समयमै ध्यान दिनैपर्छ ।

टोपी शिरमा लगाउने चिज हो । खाकी, खेस, घरबुना, फलाटिन, नैनसूत, मखमल, ढाका, कस्मिरा, पस्मिना, भादगाउँले कालोटोपीदेखि लिएर भानुभक्तका पालादेखिको बिर्खे टोपी सस्तो–महँगो जे भए पनि लगाउने चाहिँ शिरमा नै हो । शिरमा लगाएको टोपी टाढैबाट देखिन्छ । यो फलानो व्यक्ति हो भनेर पहिचान गर्न गाह्रो पर्दैन । चिटिक्क मिलाएर टोपी लगाउँदा मुहार खुल्दछ । टोपीको कदर गरेअनुसार सम्भ्रान्त व्यक्ति ठम्याउन सकिन्छ । 

टोपीको मान राख्न ब्रिटिस सेनामा जान चाहनेहरूको लाम निकै लामो हुने गरेको छ तर सबै भर्ना हुन सक्दैनन् । ब्रिटिस लाहुरे टोपी ढल्काउँदै गाउँघरमा आउँदा भर्ना हुन असफल भएकाहरूलाई सहन गाह्रो पर्छ । मेरो मनमा परिश्रमी हात र टोपीको मान राख्नेहरूको स्थान उच्च छ । स्वाभिमानी शिरमा सुहाएको टोपीलाई हेय ठान्नेहरू पाउँदा मनमा गहिरो चोट लाग्दछ । 

नेपाली टोपीको अनादर गर्नेहरूले पनि पदमा पुगेपछि धारण गरेको पाएको छु । गलत क्रियाकलापले शिरको टोपी खोसिएपछि विरोध गरेको पनि पाएको छु । संसारमा हामी नेपालीको परिचय पनि शिरको टोपीबाटै भएको छ । जब टोपीको गुणबारे गन्ती गर्न थाल्दछु त दङ्ग पर्ने गर्छु । टोपीमा चौमुखी गुण छजस्तो लाग्दछ । निश्चय नै लोकजीवनमा यसको स्थान उच्च छ तर सहरीया जीवनमा यो कुरा सत्य नभएकोजस्तो भान हुन्छ । टोपीको इज्जत सहरमा छैन । 

ढाका टोपी पाल्पाली भनेर चिनिन्छ, कालो टोपी भादगाउँले भनिन्छ, साधारण टोपीलाई दमाई टोपी, गहिरो लामो टोपीलाई कुमाल टोपी, गोलो सानो टोपीलाई थारू टोपी भनिन्छ । शिरको शोभा टोपीको बनावट ठाउँपिच्छे, जातिपिच्छे फरक छ । विवाह, जात्रा र सम्मानमा पाल्पाली ढाका टोपीले खास स्थान बनाइसकेको छ ।  

यो कुरा स्वीकार गर्नैपर्दछ, आफ्नो संस्कृति, आफ्नो संस्कार ग्रामीणजनले टिकाएको छ । यसो हुँदा अध्ययन गर्न आउनेहरूको गन्तव्य ग्रामीण भेग बन्ने गरेको छ । गाउँको अध्ययनमा आएकाहरू कृत्रिम होइन नेपालीपन चाहन्छन् । सहरी सभ्यता बाधक बनेको हुँदा नेपाल लोकवार्ताको विशाल सङ्ग्रहालय भएर पनि यसको उपलब्धि लिन चुकेका छौँ । यसर्थ राष्ट्रिय मूल्य–मान्यताको संवद्र्धन र संरक्षण हामीले टोपीको सम्मान गरेर गर्नैपर्दछ । 

वर्तमान युगमा अन्तर्राष्ट्रियकरण हुनुपर्दछ भनिन्छ तर जे भने पनि आफ्नो पहिचानको रक्षा भने गर्नैपर्छ । जसले आफ्नोपन गुमाउँछ, ऊ कहीँको पनि रहँदैन । टोपीले शिरलाई धेरै चिसो र तातोबाट बचाएको हुँदा नै नेपाली संस्कृतिमा यसले महìवपूर्ण स्थान ओगटेको छ । यसले सम्पूर्ण शरीरलाई नभए पनि नियन्त्रण गर्ने मस्तिष्क रहेको शिरलाई संरक्षण गरेको छ । यस्तो महत्त्वपूर्ण  वस्तुले पाउनुपर्नेजति सम्मान पाउन सकेको छैन । 

शायद हामी फेसन र आधुनिकताको नाममा मनोमानी अपनाउँदै छौँ तर हाम्रो शरीरले रुचाएको, चाहिएको शिरलाई सुरक्षा प्रदान गर्ने, सुहाउने टोपीलाई हेला गर्दैछौँ किन ? नेपाली टोपी प्रचलनमा आएपछि यसको बनौट शिर सुरक्षाका कारणले गर्दा यसले आफ्नो विशिष्ट स्थान बनाउन सक्यो । टोपीको अनादर गर्नुलाई केही आफ्नो पराक्रम ठानेर दङ्ग परेका छन् । त्यो अतिवादी सोचलाई के भन्ने ? तर यी सबको एउटै कारण हो– प्रतिस्पर्धा नचाहने, अराजक गतिविधिहरू आज समयले गलत थियो भनेर देखाइदिएको छ ।

नेपाली टोपीप्रति आकर्षणको अनुमान यसबाट लगाउन सकिन्छ कि नेपालभित्र मात्रै यो नौ/दस किसिमको छ । स्थान, हावापानी र जातजातिको आफ्नोपनले गर्दा यस्तो भएको हो । स्थानले मानिसलाई लवाइ खुवाइमा असर पार्छ, सोहीअनुरूप मानिसले सिकेको हुन्छ । जसले स्थान, हावापानी र जातिको पहिचान गर्न सकेको हुँदैन जाति, समुदाय बिलाएर जान्छ । जो प्रकृतिको नियमबाट हिँड्न चाहँदैन, आफ्नो मन माफिक हिँड्छ, त्यसले झन्झट पनि बेहोर्दछ । यति मात्र होइन, टोपी गोर्खालीको पहिचानका रूपमा विश्वमा विख्यात छ । गोर्खाली भनेपछि शिरमा टोपी र कम्मरमा खुकुरी । वीरताले अर्जेको सगरमाथाझैँ गर्विलो पहिचान । यो पहिचान बनाएको छ । बनिरहेको छ । कसैको पनि खास पहिचान बडो मुस्किलले बन्ने गर्दछ । बनेको पहिचानलाई जोगाउन पनि त्यस्तै अनुशासन, वीरता र धीरताको आवश्यकता पर्दछ । श्रमिक र व्यापारीहरूबीच सामाजिक प्रतिष्ठाको प्रतीक बनिसकेको टोपीले मल्लकालमै राज्यको आश्रय पाउनाले यसको प्रतिष्ठा धेरै बढ्यो । यसको सौन्दर्यले नेपाली मनलाई आफूतिर आकर्षित गरिरहन्छ । विदेशमा यो पहिचान बनिसकेको छ । यसको कारण भनेको यसप्रतिको आत्मीयता नै हो । यसप्रति बक्रहेराइले अराजकता बढाउँछ ।

भीआईपीहरूका लागि राम्राराम्रा ढाका टोपी बनाउन पाल्पाली कालिगडलाई कसैले उछिन्न सकेको थिएन र छैन पनि । यो भनेको मेहनतको मिठो फल हो । टोपी त धेरै ठाउँमा बन्ने गरेको छ तर ढाका टोपीमा पाल्पाले ख्याति कमाएकोप्रति विस्मय भने नमाने हुन्छ । ढाका कपडाको पनि आफ्नै कथा छ । अङ्ग्रेजहरू जब भारतका शासक थिए, तिनीहरूका बेलायतका मिलमा बनेको कपडाभन्दा ढाकाका उम्दा कालिगडले बनाएको कपडा धेरै स्तरीय र मिहिन थियो । अनि अङ्ग्रेजले ढाकाका राम्रा कालिगड ७२ जनाको हात काटिदिएको दर्दनाक कथा लुकेको छ । अलिअलि काम सिकेकाहरूले त्यो सीप बचाए तर त्यो सौन्दर्य भने आउन सकेन । हो, ढाकाबाट सीप सिकेर आएका पाल्पाका पुर्खा इमानदार थिए र त ढाका कपडा नाम दिए ।

आवश्यकता र गच्छेअनुसार टोपी पहिरनले सामाजिक चाडबाडमा समेत आफ्नो स्थान बनायो । टोपीमा राम्राराम्रा बुट्टा भरेर सजाइन्छ र मनमोहक पाल्पाली ढाकाटोपी प्रतिभा सम्मान गर्ने बेलामा खोजी गर्ने गरिन्छ । टोपीमा उम्दा किसिमका बुट्टा भरेर सिँगार्ने श्रेय पाल्पालाई जान्छ । मणिमुकुन्द सेनको राज्य विस्तारसँगै नेपाली टोपी पूर्व र पश्चिममा फैलिने मौका पाएको सम्भावनालाई नकार्न सकिन्न ।  हरेक स्थान र हरेक चाडबाडमा शिरको शोभा टोपीले आफ्नो पहिचान बनाउन सकेको छ । टोपी लगाउनु नलगाउनु व्यक्तिको रुचिको कुरा भए पनि टोपी नेपालको हो, हामी नेपाली हौँ । यो कुरा चाहिँ हामीले बिर्सनु हँुदैन । ढाका टोपी पाल्पाली भनेर चिनिन्छ, कालो टोपी भादगाउँले भनिन्छ, साधारण टोपीलाई दमाई टोपी, गहिरो लामो टोपीलाई कुमाल टोपी, गोलो सानो टोपीलाई थारू टोपी भनिन्छ । शिरको शोभा टोपीको बनावट ठाउँपिच्छे, जातिपिच्छे फरक छ । विवाह, जात्रा र सम्मानमा पाल्पाली ढाका टोपीले खास स्थान बनाइसकेको छ । 

वीरता र श्रमको प्रतीकका रूपमा भादगाउँले कालो टोपीको आफ्नै शान छ । नेपालमा जाति, क्षेत्र र परम्पराको आधारमा टोपी धारण गरिन्छ । हिजोको सामाजिक वातावरणमा अछूत बनाइएका जातिकाले ठूलो जातिका भनाउँदालाई सम्मान जनाउँदा शिरको टोपी फुकालेर जदौ गर्दथे । हरेक मान्छेमा आफ्नोपन र आफ्नै व्यक्तित्व हुन्छ । हरेकसँग आफ्नै तन, मन र मस्तिष्क हुन्छ । आफ्नो व्यक्तित्वको सम्मान आफैँले राख्न सक्नुपर्छ । 

समान हैसियतकाहरूबीच लगाएको टोपी साटासाट गरेर मित्रताको सम्बन्ध अझ दरिलो पार्ने परम्परा छ । आज टोपीप्रति अनास्था बढ्दै गइरहेको बेलामा राष्ट्रियताप्रति मरिमेट्ने स्रष्टालाई रातो अक्षता, दूबोको माला, दोसल्लाका साथै शिरमा टोपी लगाइदिएर व्यक्तित्वको सम्मान जसले गर्दछ, उसले एक स्रष्टाको मात्र नभई सिङ्गो राष्ट्रको नै सम्मान गरेको हुन्छ । टोपी फुकालेर निन्याउरो मुख लगाउनुको अर्थ आफ्नो घरको मान्य व्यक्ति स्वर्गवासी भएको बुझिन्छ । कसैको शिरको टोपी थुत्नुलाई बेइज्जतिका रूपमा लिइने गरिएको छ । यदि कसैले एकसरो सेतो टोपी लगाउँछ भने ऊ बरखीमा रहेको बुझिन्छ । 

हिमाली भेगका मानिसहरू टाउको चिसोबाट बचाउन ऊनीको मोटो टोपी लगाउँछन् । अरबका मुसलमानहरू गर्मीबाट टाउको बचाउन पातलो सानो गोलो टोपी आफ्नो शिरमा लगाउँछन् । सबैले शिरको शोभा टोपी धारण गर्दछन् । मुरेठाका रूपमा, पगरीका रूपमा, गम्छा टाउकोमा राखेर, क्यापका रूपमा, ह्याटका रूपमा .... इत्यादि इत्यादि ।