शनिबारको वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका तटीय क्षेत्रसहित मुख्य सहर डुबानमा परेका छन्। काठमाडौँका माइतीघर मण्डला, नयाँ सडक, पुतली सडक, कोटेश्वरसहित सहरका मुख्य भागमा भेल बगेको थियो। त्यसैगरी उत्तरी क्षेत्रका बूढानीलकण्ठको कपन, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका केही क्षेत्रमा पनि बाढी आएर तटीय क्षेत्रमा डुबान भएको छ।
बिहेको बेला दाइजोका लागि हुने सौदाबाजीको घटना सामान्यजस्तै लाग्छ। तर यहाँ मृत्युको शोकमा पनि त्यस्तै सौदाबाजी भएको छ। त्यस्तो सौदाबाजी पनि अरूले नभएर छोरा नभएका मृतकका ज्वाईंले गरेका हुन्। मृतकको परिवारले मागेजति रकम दिन नसकेपछि मृतकको अन्त्येष्टि पनि हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बस्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली साहित्यमा महिलाको उपस्थिति दिनप्रतिदिन बढ्दै जानु नेपाली साहित्य, कला, संस्कृति विकासका लागि सुखद भएको बताउनुभएको छ। राजनीतिज्ञ प्रतिभा राणाद्वारा लिखित ‘गहिराइ’ र अङ्ग्रेजी संस्करणको ‘कर्टन अफ माया’ शीर्षकका दुई कृतिको शनिबार काठमाडौँमा विमोचन गर्नुहुँदै उहाँले नारी साहित्यकारको गतिलो उपस्थितिले नेपाली भाषा, साहित्य र कलाको जग बलियो हुने बताउनुभयो। उहाँले कथा, कविता, उपन्यासलगायतका साहित्यिक कृतिले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउनुभयो। उहाँले नेपाली साहित्यलाई विश्वसाहित्यको स्तरमा पुर्याउन सबैलाई लाग्न आग्रह गर्नुभयो।
देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ।
अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आइपुग्नुभएको छ । नेपाल क्रिकेट संघ क्यानले साउन २३ गते उहाँलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाल अल रेफमा अनुबन्ध हुनुभएको छ । क्लबले शनिबार मनिषसँग सम्झौता गरेको जनाएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । यो दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मानिन्छ ।
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।
महानगर बन्नका लागि आवश्यक पर्ने आन्तरिक आम्दानीको इण्डिकेटर विराटनगर महानगरपालिकाले प्राप्त गर्न सकेको छैन।
अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौं उपत्यकामा अहिले २६.२ मिलीमिटर पानी परेको छ । काठमाडौं उपत्यकामा परिरहेको पानी अबको केही बेर रोकिएर राती फेरि पर्ने उहाँको भनाइ छ ।
नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको नयाँ निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।