• १६ चैत २०८०, शुक्रबार

बोर्डका अध्यक्ष केसीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

blog

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी

काठमाडौं, साउन ३० गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त नियुक्त विरुद्ध नरेश पौडेलसहित पाँच जनाले शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गरी केसीविरुद्ध रिट दर्ता गर्नुभएको हो ।